धनकुटामा जिल्ला स्तरिय अन्तरपालिका महिला फुटबल प्रतियोगिता हुने

शर्मिला राई,धनकुटा । सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान धनकुटाको आयोजनामा यहि माघ २३ गतेदेखी धनकुटामा जिल्ला स्तरिय अन्तरपालिका महिला फुटबल प्रतियोगिता हुने भएको छ । सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान धनकुटाले आज पत्रकार सम्मलन गरि माघ २३ बाट प्रतियोगिता सञ्चालन गरिने जानकारी गराएको हो ।

नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राईको प्रमुख आतिथ्य तथा शहिद रामकृष्ण श्रेष्ठ स्मृती प्रतिष्ठानका अध्यक्ष ईश्वर बहादुर श्रेष्ठको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार प्रतियोगिता नकआउटको चरणमा खेलाईने छ ।

प्रतियोगिताका विजयी प्रथम टिमलाई नगद ६० हजार र दोश्रो हुने टिमलाई नगद ३० हजार सहित ट्रफी,मेडल र प्रमाण पत्र पुरस्कार प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । खेलको माध्यमबाट महिला खेलाडीहरुको उत्थान गर्ने लक्षका साथ सञ्चालन हुन लागेको प्रतियोगितामा ३ लाख ८७ हजार खर्च लाग्ने अनुमान गरिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै पत्रकार महासंघ धनकुटाका अध्यक्ष राईले प्रतिष्ठानका अध्यक्ष सहितका पदाधिकारीले पाको उमेरमा पनि शहिदको सम्झनामा फुटवल प्रतियोगिता आयोजना गर्ने आँट गर्नु आफैमा गर्वको विषय भएको भन्दै प्रतियोगिता सफलताको शूभकामना दिनुभएको थियो । यो प्रतियोगिताले जिल्लाका राम्रा महिला खेलाडीहरु छनौट गरि अन्य स्थानमा हुने खेलहरुमा सहभागि गराउन सहयोग पुग्ने प्रतिष्ठानका सल्लाहकार कृष्णभागवत श्रेष्ठले बताउनुभयो ।

प्रतियोगिता २६ गतेसम्म सञ्चालन हुने छ । धनकुटा ७ का रामकृष्ण श्रेष्ठको पञ्चायती शासनको विरुद्धमा लड्दा २०३० चैत ३ गते विराटनगरमा तत्कालिन राजा विरेन्द्रमाथि बम प्रहारको घट्नामा परि निधन भएको थियो । श्रेष्ठलाई २०७४ माघ ३ गते तत्कालिन सरकारले राष्ट्रिय शहीद घोषणा गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।