ताप्लेजुङमामा क’रेन्ट लागेर महिलाको मृ’त्यु

ताप्लेजुङ, माघ २० गते । आठराई त्रिबेणी गाँउपालिका-२ सिमलबोटे स्थितमा करेन्ट लागेर एक जना महिलाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा ३९ बर्षीय सुकमाया श्रेष्ठ रहेकी छन् । हिजो अपरान्ह बाख्रा चराउन गएकि सुकमाया अबेर सम्म घर फर्केर नआए पछि खोजतलास गर्दै जाँदा आज बिहान घरभन्दा करिव आधा किलोमिटर टाढा करेन्ट लागि मृ त अबस्थामा फेला परेकि हुन ।

बारीमा लत्रिएर रहेको बिजुलीको नाङ्गो तारमा छुन पुक्दा करेन्ट लागेर मृ त्यु भएको अवस्थामा सुकमाया फेला परेको भनि स्थानियले अस्थायी प्रहरी चौकी फुलबारीमा जानकारी गराउना साथ तत्काल जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षक समेतको प्रहरी टोली खटि घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रधानमन्त्री दाहालद्वारा विद्यालय भवन उद्घाटन
चौतारा, २० माघ (रासस) ः
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सिन्धुपाल्चोकको जुगलगाउँपालिका– ५ चनौटेमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा नबनिर्मित रत्नराज्य माध्यमिक विद्यालय भवनको आज उद्घाटन गर्नुभएको छ ।

सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत चेन सङले नवनिर्मित भवन नेपाल सरकारमार्फत समुदायलाई हस्तान्तरण समेत गर्नुभएको थियो । सो समारोहमा पूर्वसभामुख अग्निप्रसाद सापकोटा,सांसदद्वय माधव सापकोटा र मोहनबहादुर बस्नेत, बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेल, समीर तामाङ, मसिना खड्का भण्डारी, अमृता नेपाललगायतको सहभागिता रहेको थियो ।

नवनिर्मित विद्यालयको अत्याधुनिक सुविधायुक्त भवन ‘चिनियाँ मोडेल’ का छन् । एकै विद्यालयमा छ आधुनिक भवन निर्माण गरिएको प्रधानाध्यापक टीकादत्त पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार भवन निर्माणमा एक अर्बभन्दाबढी रकम लगानी भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖