धनकुटा बहुमुखी क्यापसका सहायक क्याम्पस प्रमुख र प्रशासनिक भवनमा अनिश्चितकालिन तालाबन्दी

धनकुटा, ५ फागुन । नेपाल विद्यार्थी संघ धनकुटा वहुमुखी क्याम्पस इकाई समितिले सहायक क्याम्पस प्रमुख र क्याम्पस प्रशासनिक भवनमा अनिश्चितकालीन् तालावन्दी गरेको छ ।

क्याम्पस प्रशासनको लापारवाहीको कारण गैरविद्यार्थीहरु नेकपा एमालेका यूवा संघका जिल्ला अध्यक्ष प्रविण पोखरेल र सचिव कमल कार्की लगायत क्याम्पस हाताभित्र प्रवेश गरेर अनेरास्ववियू क्याम्पस इकाइ सचिव मुस्कान राई समेतको संलग्नतामा नेवि संघ क्याम्पस इकाइका सभापति सुवास भण्डारी र सचिव युवराज कार्की माथि सांघातिक आक्रमण गरेको विरोध सहायक क्याम्पस प्रमुख र प्रशासनिक भवनमा अनिश्चितकालीन् तालावन्दी गरेको नेवि संघले जनाएको छ ।

अराजक तथा गम्भिर प्रकृतिका अपराधिक कार्य गर्ने व्यक्तिहरु प्रविण पोख्रेल, कमल कार्की र मुस्कान राईलाई कानून बमोजिम सजाय नदिएसम्म र नियम विपरित विद्यार्थी भर्ना गर्ने कार्यमा संलग्न निमित्त क्याम्पस प्रमुख मानवहादुर भण्डारी, विद्यार्थी कल्याण प्रमुख जीवन मिश्र तथा कर्मचारीहरुलाई कारवाही नगरेसम्म साथै गैरकानुनी भर्ना भएका विद्यार्थीको भना रद्द नगरेसम्म ताला नखुल्ने फागुन ४ गते नेवि संघ क्याम्पस इकाइ समितिका सचिव सुवास खनालद्वारा हस्ताक्षर गरी जारि गरिएको विज्ञप्तीमा भनिएको छ ।

गुल्मीमा तीन सय १२ प्रजातिका चरा
रेसुङ्गा, ५ फागुन (रासस) :विश्वमा रहेकामध्ये आठ दशमलव नौ प्रतिशत चरा नेपालमा पाइन्छन् । नेपाल भौगोलिक विविधताले भरिपूर्ण देश हो । गुल्मीको मदाने र रेसुङ्गा वन संरक्षण क्षेत्र पनि जैविक विविधताले भरिएको क्षेत्र हो । जसका कारण गुल्मीका यी दुई क्षेत्रमा बर्सेनि चराका प्रजातिको सङ्ख्या बढिरहेको छ ।

यस वर्षको सर्वेक्षणमा यहाँ १३ प्रजातिका नयाँ चरा फेला परेका छन् । जिल्लाको मदाने वन संरक्षण क्षेत्रमा आठ र रेसुङ्गा वन संरक्षण क्षेत्रमा पाँच प्रजातिका नयाँ चरा फेला परेको यससम्बन्धी सर्वेक्षण गरिरहेको नेपाल पन्छी संरक्षण सङ्घका परियोजना अधिकृत भरत पन्थीले बताउनुभयो ।

योसँगै गुल्मीमा चरा तीन सय १२ प्रजाति पुगेका छन् । हाल मदाने क्षेत्रमा दुई सय ७२ र रेसुङ्गा क्षेत्रमा दुई सय ५८ प्रजातिका चरा भेटिएका हुन् । यी दुवै क्षेत्रमा पाइने दुई सय १८ प्रजातिका चरा छन् । नेपालमा हालसम्म आठ सय ९२ प्रजातिका चरा पहिचान भएकोमा गुल्मीमा ३५ प्रतिशत चरा छन् ।

चरा सर्वेक्षणको क्रममा मदाने क्षेत्रमा हिमाली मलेवा, कण्ठे सुगा, खरलाहाँचे, लामोठूँडे चाँचर, खोले टिकटिके, लघु बगेडी, फुस्रो टिकटिके र ठूलो छिरबिरे माटीकोरे प्रजातिका चरा भेटिएका हुन् । रेसुङ्गा क्षेत्रमा टुइँसी सुँगा, कोटेरो मुनियाँ, चञ्चले सुड्सुडिया, चखेवाचखेवी र तिलहरी चरा फेला परेका छन् ।

गुल्मीमा विश्वकै दुर्लभ छ प्रजातिका चरा यसअघिको अध्ययनमा पुष्टि भएको थियो । यहाँ रणमत्त महाचील, चीर, सेतो गिद्ध, गोमायु महाचील, डङ्गुर गिद्ध र सुन गिद्ध रहेका छन् । रेसुङ्गामा ऐतिहासिक, धार्मिक र जैविक विविधताले भरिपूर्ण क्षेत्र रहेको संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताउनुभयो । उहाँका अनुसार रेसुङ्गालाई थप संरक्षणका लागि काम गरिनेछ । डिभिजन वन कार्यालय गुल्मीका निमित्त प्रमुख रामकुमार चौधरीले चराको वासस्थानको लागि वन क्षेत्रको संरक्षण गरिरहेको बताउनुभयो ।

चराको वासस्थान मानिने रेसुङ्गा क्षेत्र आफूहरुले संरक्षण गर्ने रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताउनुभयो तर, रेसुङ्गा क्षेत्र प्रचारप्रसारको अभावले ओझेलमा छ । मदाने र रेसुङ्गा क्षेत्रमा दुर्लभ चरा भेटिए पनि यसबाट केही फाइदा लिन सकिएको छैन । मदाने वन संरक्षण क्षेत्र २०६८ र रेसुङ्गा वन संरक्षण क्षेत्र २०७४ मा घोषण गरिएको थियो ।

वन विनास, वासस्थान परिवर्तन र चोरी शिकारीका कारण यसलाई जोगाइराख्न चुनौती रहेको अध्ययनमा देखाइएको छ । रेसुङ्गा वन संरक्षण क्षेत्र १९ हजार दुई सय ८१ हेक्टर र मदाने वन संरक्षण क्षेत्र १३ हजार सात सय ६१ हेक्टरमा फैलिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।