राज्य शक्तिको स्रोत जनता– मुख्यमन्त्री कार्की

विराटनगर, ७ फागुन (रासस) ःप्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राज्य शक्तिका स्रोत जनतामात्र हुन् भन्नुभएको छ । प्रदेशस्तरीय मूल समारोह समितिद्वारा ७३औँ राष्ट्रिय प्रजातन्त्र दिवस–२०७९ का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्ने जनाउँदै जनताको सङ्घर्ष तथा वीर वीरा¬ङ्गना सहिदको बलिदानबाट स्थापित भएको प्रजातन्त्र आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय छ भन्नुभयो । उहाँले प्रजातन्त्र स्थापनाका लागि भएका सङ्घर्षको मार्गदर्शन स्वरुप नेपालको वर्तमान संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रतात्मक व्यवस्था अङ्गीकार गरेको छ भन्दै न्याय र समानतामा आधारित समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्ने हाम्रो लक्ष्य छ भन्नुभयो ।

मूल समारोह समितिका अध्यक्षसमेत रहनुभएका मुख्यमन्त्री कार्कीले भन्नुभयो, “संविधानले अवलम्बन गरेको प्रणालीलाई थप सुदृढ गर्नुपर्छ, सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु हामी सबैको साझा दयित्व हुन् ।”

मुख्यमन्त्री कार्कीले सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि विभिन्न आन्दोलनहरूमा योगदान गर्नुहुने सबैप्रति सम्मान व्यक्त गर्दै राष्ट्रिय प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय सङ्कल्प हासिल गर्न सबैमा प्रेरणा प्रदान गर्न सकोस् शुभकामना पनि दिनुभएको छ ।

उहाँले प्रजातन्त्र दिवसका शुभअवसरमा सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौँ सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले सहिद परिवार, आन्दोलनमा भाग लिने क्रममा बेपत्ता, घाइते एवं अङ्गभङ्ग हुनुभएका व्यक्तिहरूप्रति सम्मान पनि प्रकट गनुभएको छ ।

कार्यक्रम प्रारम्भ हुनु आगाडि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् प्रदेश नं १ विराटनगर कार्यालयबाट निस्किएको प्रभातफेरीमा विभिन्न मन्त्रालयका मन्त्री, प्रदेश सरकारका उच्चपदस्थ कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निजामती कर्मचारी, विद्यार्थी, सञ्चारकर्मी सम्मिलित जुलुसले नगरको परिक्रमा गरी पुनः सोही स्थानमा पुगी सभामा परिणत भएको थियो ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।