भौतिक पूर्वाधार अभावले प्रहरी सेवामा असर पर्छ–मुख्यमन्त्री कार्की

विराटनगर, ११ फागुन (रासस) ःप्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रहरी कार्यालय रानी विराटनगरको नव निर्मित कार्यालय भवनको आज उद्घाटन गर्नुभएको छ । प्रदेश नं १ आन्तारिक मामिला तथा कानून मन्त्रालयबाट बजेट विनियोजित भई कुल रु १९ करोड १४ लाख लागतमा साना ठूला गरी ७५ वटा कोठा भएको पाँच तले प्रहरी कार्यालय भवनको आज उहाँले उद्घाटन गर्नुभएको हो ।

शिलालेख अनावरण गरी विधिवत रुपमा समुद्घाटन गर्दै भौतिक पूर्वाधारको अभाव र अपर्याप्तताले प्रहरी सेवाका कार्यमा प्रत्यक्ष असर पर्ने बताउनुभयो । उहाँले सुविधासम्पत्र भवन प्राप्त भएसँगै नागरिक सेवामा लाग्न प्रहरीलाई आग्रह गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले सुरक्षाकर्मी सुरक्षित भएमा मात्र आम नागरिकले सुरक्षाको प्रत्याभुति पाउने हुँदा सुरक्षाकर्मीको सुरक्षामा प्रदेश सरकार सदैव तत्पर रहेको बताउनुभयो ।

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी रहेको बताउँदै प्रदेश सरकारबाट प्रदेश प्रहरीलाई प्राप्त नयाँ भवनसँगै कार्यरत प्रहरी कर्मचारीहरुमा थप उत्साह बढेको धारणा राख्नुभयो ।
प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्यामलाल ज्ञवालीले भौतिक सुविधाले प्रहरी सेवामा अनुकूल वातावरण सिर्जना गर्ने बताउनुभयो ।

सो कार्यक्रममा मुख्यमन्त्री कार्कीले भवन निर्माणमा उल्लेख्य योगदान पु¥याउने निर्माण कम्पनी तथा १ नम्बर प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक ढुण्डीराज गिरी र महेश भट्टराईलाई प्रशंसापत्रले सम्मान गर्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।