सबै सहकारी खत्तम छन् भन्ने प्रचार गलत : मन्त्री राई

काठमाडाँै, १४ फागुन (रासस) :भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले सहकारीहरू सक्किए, खत्तम भए भन्ने हल्लाको पछि नलागी समस्याको समाधान गरेर सहकारीको प्रवद्र्धनमा लाग्नुपर्ने बताउनुभएको छ ।

आर्थिक मिडिया सञ्चालक सङ्घ (इमान)ले आज यहाँ आयोजना गरेको ‘सहकारीको सङ्कट, कारण र समाधान’ विषयक छलफल कार्यक्रममा मन्त्री राईले सबै सहकारी खत्तम छन् भन्ने प्रचार सत्य नभएको र गल्ती गर्ने केहीलाई नियमबमोजिम कारबाही गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “गाउँगाउँमा सहकारीले आर्थिक परिचालनका लागि राम्रो काम गरेका छन् । तिनीहरूलाई हामीले प्रोत्साहन गर्नुपर्छ । समस्या छन् भने समाधानका लागि पहल गर्नु पर्छ ।” मन्त्री राईले सरोकारवालाबाट प्राप्त हुने लिपिबद्ध सुझावका आधारमा आफूले मन्त्रीका रुपमा गर्नुपर्ने पहलमा हुनै कमी नहुने विश्वास दिलाउनुभयो । समस्या समाधानका नाममा आयोग र कार्यदल गठन गरेर अल्मल्याउने काम आफूबाट नहुने उहाँको भनाइ थियो ।

मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सङ्कटग्रस्त र समस्यामूलक सहकारीका विषयमा अध्ययन भइरहेको उल्लेख गर्दै वचतकर्ता आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो । नेपाल राष्ट्र बैंकका सञ्चालक डा चिन्तामणि शिवकोटीले नियमनका लागि स्थानीय तहबाट पनि प्रभावकारी भूमिका हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीलगायतले सहकारी क्षेत्रका समस्या समाधान गर्न सबैको सकारात्मक भूमिका भएमा सहकारीप्रतिको विश्वास पुनःजागृत हुने र सोका लागि सरकारले साथ दिनुपर्ने बताउनुभयो । मन्त्रालयका पूर्वसचिव गोपीनाथ मैनालीले सङ्कटग्रस्त सहकारीबारे समयमै अध्ययन र छानविन नभएमा वचतकर्ता मर्कामा पर्ने बताउनुभयो ।

इमानका अध्यक्ष रोयल आचार्यले अर्थतन्त्र सङ्कटमा पर्दा सञ्चार क्षेत्र पनि प्रभावित हुने भएकाले अर्थतन्त्रको अवस्थामा सुधार ल्याउन हरेक क्षेत्रबाट सकारात्मक योगदान आवश्यक रहेको बताउनुभयो । इमानका उपाध्यक्ष माधवप्रसाद तिवारीले मिडिया प्रतिपक्षी मात्रै होइन, उत्प्रेरक पनि हो भन्ने मान्यतालाई आत्मसात् गरेर आर्थिक समृद्धिका लागि बहस सञ्चालन गरिएको र आएका सुझाव सम्बन्धित निकायमा पेस गरिने बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।