शैक्षिक सुधारका लागि रु १ अभियान सञ्चालन गर्ने टंक माविको निर्णय

धनकुटा । धनकुटा नगरपालिका २ भिरगाउँको श्रीमान टंक माद्यमिक विद्यालय व्यवस्थापन समितिको बैठकले शैक्षिक सुधारका लागि रु १ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

विद्यालयमा शुक्रबार बसेको अभिभावक भेलाबाट पुन:गठित विद्यालय व्यवस्थापन समितिको पहिलो बैठकले त्यस्तो निर्णय गरेको हो । प्रत्येक विद्यालय सँग सरोकार राख्ने व्यक्ती, विद्यालय व्यवस्थापन समिति सदस्य, शिक्षक तथा कर्मचारीले आफ्नो आय मध्ये प्रतिदिन १ रुपयाँको दरले वर्षमा ३६५ रुपयाँ संकलन गर्ने निर्णय गरिएको विद्यालयले जनाएको छ ।

संकलित रकम खाता खोलि जम्मा गरेर शैक्षिक सुधारका लागि लगानी गर्ने योजनाका साथ त्यस्तो निर्णय गरिएको विद्यालयका प्रधानाध्यापक नरबहादुर विश्वकर्माले जानकारी दिनुभयो । पुन:गठित विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चन्द्रलाल तामाङ रहनुभएको छ । सदस्यहरुमा तुलसा भण्डारी, टिकाराम दर्नाल, सुमित्रा तामाङ, गिता रम्तेल, रमा बराल, अषिम बस्नेत रहेका छन् । समितिको सदस्यसचिवमा प्रधानाध्यापक विश्वकर्मा र शिक्षक प्रतिनीधिमा शिक्षक सरोज दाहाल रहेकाछन् ।

भेलाले ११ सदस्यीय अभिभावक संघ समेत गठन गरिएको विद्यालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।