पाख्रिबास स्थित जालपादेवी क्याम्पसमा स्ववियु निर्वाचनमा सहमति
धनकुटा । त्रिभुवन विश्वबिद्यालय(त्रिवि) अन्तर्गत आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनका लागि आज दिउंसो २ बजेसम्ममा समानुपातिक तथा प्रतक्ष्य तर्फको उम्मेदवारी दर्ता गराउने कार्यक्रम छ ।
जस अन्तर्गत धनकुटाको पाख्रिबास नगरपालिका ४ मा अवस्थित जालपादेवी क्याम्पसमा सहमतिमा स्ववियु गठन हुने भएको छ । आज बसेको राजनैतिक दलहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।
जस अनुसार नेकपा(एमाले) आवद्द अनेरास्ववियुले सभापति सहित कोषाध्यक्ष र १ सदस्य,नेपाली कांग्रेस आवद्द नेपाल बिद्यार्थी संगठनले उप सभापति सहित १ सदस्य र नेकपा(एमाओवादी) आवद्द अनेरास्ववियु(क्रान्तिकारी) ले सचिव र सहसचिव पाउने भएका छन् ।
बैठकपछि जारी माओवादी केन्द्रका तर्फबाट नेकपा माओवादी पाख्रिबास नगर कमिटि अध्यक्ष ओम प्रकाश निरौला,नेकाका तर्फबाट नगर कमिटि अध्प्रेयक्ष म भण्डारी र नेकपा(एमाले) का तर्फबाट नगर कमिटी अध्यक्ष शान्तिराम गौतमद्वारा हस्ताक्षरित संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ :
आज मिति २०७९ साल फाल्गुण २७ गतेका दिन हामी पाख्रीवास नगरपालीकामा क्रियाशिल राजनितिक दलहरु नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेपाली कांग्रेस र नेकपा(माओवादी केन्द्र) विच बसेको संयुक्त बैठकले आसन्न स्वतन्त्र विधार्थी युनियनको निर्वाचनलाई मध्ये नजर गर्दै आगामी ५ चैत्र २०७९ को लागि पाख्रीबास नगरपालिका केन्द्रमा रहेको श्री जालपादेवी क्याम्पस पाख्रीबासको स्वतन्त्र विधार्थी युनियनको निर्वाचनमा हामी दल निकट रहेका विधार्थी संगठनहरु अनेरास्ववियु, ने. वि. संघ र अखिल क्रान्तिकारी तिनै विधार्थी संगठन मिलेर स्वतन्त्र विधार्थी युनियन सञ्चालन गर्ने सहमति भए अनुसार आज मिति २०७९ साल फाल्गुण २७ गते मनोनयन पत्र दर्ता गर्दा तपशिल पदमा निम्न संगठनले दर्ता गराउने विषयमा हामी दलहरु बिच सहमति भइ हस्ताक्षर गरि संयुक्त विज्ञप्ती निकाल्ने निर्णय गरेका छौ ।
तपशिलः
अनेरास्ववियुलः सभापति,कोषाध्यक्ष र सदस्य १
ने.वि.संघः उपसभापति र सदस्य १
अखिल क्रान्तिकारीलः सचिब र सहसचिव



