धनकुटाको छथरजोरपाटी गाउँपालिकाले आफ्नो छैठौं स्थापना दिवस मनायो

धनकुटा,२८ फागुन । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले आफ्नो छैठौं स्थापना दिवस मनाएको छ ।

कोशी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री दुर्गा प्रसाद चापागाईको प्रमुख आतिथ्यमा छथरजोरपाटी गाउँपालिका धनकुटाको छैठौं स्थापना दिवस मनाएको हो । दिवशको अवसरमा बोल्दै प्रमुख अतिथी भौतिक पुर्वाधार विकास मन्त्री दुर्गा प्रसाद चापागाईले छथर जोरपाटीको विकासका लागि आफुले आफ्नो ठाउँ बाट सक्दो सहयोग गर्ने बताउँनु भयो साथै उहाँले अलिेको जनमतका आधारमा प्रदेश १ को नाम कोशी राख्नु पर्ने अवस्था आएको बताउँदै फेरी पनी जनमत बाटै प्रदेशको नाम फेर्न सकिने तर त्यसका लागि संसदमा दुई तिहाइ समर्थन आवश्यक रहेकोले अहिले लाई जनमतको कदर गरिएको बताउँनु भयो ।

दिवशका अवसरमा छथरजोपाटी गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बाले गाउँपालिकाको चालु आर्थिक बर्षको वितिय प्रगति प्रतिवेदन र गाउँपालिकाले गरेका कामको जानकारी गराउँदै गाउँपालिकाले धेरै नुमना र प्रत्यक्ष नागरिकका सरोकारका बिषय लाई संबोधन गर्ने कार्यक्रहरु संचालन गरि रहेको बताउँनु भयो ।

कार्यक्रममा स्वागत मन्तव्य छथरजोरपाटी गाउँपालिकाकी उपाध्यक्ष गिता गुरुग खेवाले राख्नु भएको थियो । कार्यक्रमा राप्रपा नेता, नेकपा माओवादीकका नेता पदम भण्डारी, नेकपा एमालेका नेता इन्द्रसारु मगर, नेपाली कांग्रेसका नेता पदम भट्टराई लगायतले शुभकामना व्यातm गर्दै गाउँपालिकाले गर्ने राम्रा काममा पाटीहरुको सदैव सहयोग रहने प्रतिवद्धता व्यातm गर्नु भएको थियो ।

दिवसको अवसरमा विभिन्न जातजातिहरुको साँस्कृतिक झाँकी र नाँच समेत प्रस्तुत गरिएको थियो ।स्थापना दिवसको अवसर पारेर छथरजोरपाटी गाउँपालिकाका पुर्व वडाध्यक्ष, पुर्व कार्यपालिका सदस्य लगायतकाहरुलाई सम्मान समेत गरिएको थियो ।कार्यकममा अध्यक्ष कप भलिबलका बिजेता र उपबिजेता टिम लाई नगद क्रमश ५० हजार र ३० हजार सहित प्रमाण पत्र,मेडल र ट्रफी बितरण गरिएको थियो साथै उत्कृष्ठ विद्यार्थीहरु लाई छात्रबृति प्रदान समेत गरिएको थियो ।

कार्यक्रममा विभिन्न संघ संस्था कार्यलयका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । कार्यक्रम संचालन प्रमुख प्रशासकीय अधिकृत जितमान जिमीले गर्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।