चौबिसेले शुरु ग¥यो बगर खेती

नारायण कुमार राई/धनकुटा । बाढीको बिनासले बगर बनेर प्रयोग बिहिन बनेको जमिनको सदुपयोग गर्न चौबिसे गाउँपालिका धनकुटाले नमुनाका लागि बगर खेती शुरु गरेको छ ।दुई बर्ष अघि २०७७ साल कार्तिकमा परेको अबिरल बर्षात्को बाढीले पालिकाको नदी र खोला किनार क्षेत्रमा लगाएको एक सय ५० भन्दा बढी किसान परिवारको धान खेती बगरमा परिणत भएको थियो ।

सो समयमा पाँचथर र पालिकाको वडा नं.३ को सिमानामा रहेको नावा खोला र वडा नं.४ स्थित तमोर नदी किनारको छब्बीस सय(दई हजार छ सय) रोपनीमा लगाएको धान खेती नष्ट भएको थियो ।उक्त बगर भएको खेतलाई पुनःर्जीवन दिन पालिकाले वडा नं.४ स्थित डिहिटार क्षेत्रको पाँच सय भन्दा बढी बगर क्षेत्रलाई लक्षित गरेर खर्बुजा खेती शुरु गरेको छ ।

पालिका र स्थानिय तमोर म्याली कृषक समुहको बराबरी साझेदारीमा यो हप्ताबाट ११ लाखको लागतमा नमुना बगर खेती शुरु गरिएको हो ।हाल समुहमा आवद्ध १५ कृषकहरुले नमुना खेतीका लागि ४० रोपनी बगरमा खर्बुजा खेती शुरु गरेको समुहका अध्यक्ष सुदामा बरालले जानकारी दिनुभयो ।बाढी पिंडितहरुलाई अनेकौ बैकल्पिक खेतीका लागि सम्झाएपनि वास्ता नगरेकाले पालिकाको सहयोगमा सामुहिक खर्बुजा खेती शुरु गरिएको बरालले जानकारी दिनुभयो ।

‘नपत्याउनेहरुलाई उदाहरण देखाउनलाई पनि यो खेती शुरु गरिएको हो ।’ बरालले भन्नुभयो ।हाल नमुनाका लागि शुरु गरिएको यो खेतीको उपलब्धी हेरेर आगामी बर्षहरुमा बगर खेतीलाई थप निरन्तर दिने पालिकाका अध्यक्ष राजकुमार चेम्जोङ्गले जानकारी दिनुभयो ।

यो कार्यक्रम सफल भएमा बाढीले बगर भएका खेत र गाउँपालिकाको नदी किनार क्षेत्रमा बर्षौ देखि बेकार रहेका सायौ रोपनी बगरहरुमा खेती शुरु गरिने चेम्जोङ्गले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।