धनकुटा कांग्रेसको बोधे र फाक्सिवमा श्रद्धाञ्जली कार्यक्रम

धनकुटा । नेपाली कांग्रेस धनकुटाले आज हालै निधन हुनु भएका पूर्व जिल्ला उपसभापति स्वर्गीय देवेन्द्र देवानको सम्मानमा बोधेमा र पूर्व गाउ सभापति स्वर्गीय राजेन्द्र ईवाहाङ्गको सम्मानमा फाक्सिवमा छुट्टा छुट्टै श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको छ ।

धनकुटाका वरिष्ठ समाजसेवी नेपाली कांग्रेस धनकुटाका पूर्व जिल्ला उपसभापति स्वर्गीय देवेन्द्र वहादुर देवानको सम्मानमा आज एघारौ दिनको पुण्य तिथिमा बोधेमा आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा पूर्व मन्त्री तथा नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिका सदस्य सुनिल वहादुर थापा,जिल्ला सभापति दिनेश राई,सचिव विजय सन्तोषी राई,यूवा नेता सिदार्थ थापा,जिल्ला सदस्यहरु हर्क चेम्जोग,मिन कार्की,रमेश ईवाहाङ्ग,अम्विका धमला पूर्व महासमिति सदस्यहरु दुर्गा सुवेदी,ललित चेम्जोग,असित नर सिंह थापा,मेघ वहादुर थापा,गजेन्द्र खतिवडा,पदम राई,गजेन्द्र वस्नेत ,रत्न राई,हर्कमाया राई लगायतले स्र्गीय देवान प्रति श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।

सो अवसरमा उहाहरुले नेपाली कांग्रेस धनकुटाका पूर्व जिल्ला उपसभापति स्वर्गीय देवेन्द्र देवानको निधनले नेपाली कांग्रेस धनकुटालाई र सिङ्गो धनकुटालाईनै अपुरणीय क्षयती पुगेको बताउदै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभ एको थियो ।

यसैगरी नेपाली कांग्रेस धनकुटाले धनकुटा फाक्सिवका पूर्व सभापति राजेन्द्र ईवाहाङ्ग लिम्बुको पनि एघारौ पुण्य दिनको अवसरमा आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा पूर्व मन्त्री तथा नेपाली कांग्रेस केन्द्रिय कार्य सम्पादन समितिका सदस्य सुनिल वहादुर थापा,जिल्ला सभापति दिनेश राई,सचिव विजय सन्तोषी राई,यूवा नेता सिदार्थ थापा,जिल्ला सदस्यहरु ,मिन कार्की,रमेश ईवाहाङ्ग,अम्विका धमला पूर्व महासमिति सदस्य असित नर सिंह थापा,पूर्व जिल्ला सदस्य मान प्रसाद ईङ्गनाम,सागुरी गढी गाउपालिका वडा नं. २ का वडाध्यक्ष योगेन्द्र ईवाहाङ्ग,वडा नं. ४ का सभापति प्रिति लिम्बु लगायतले श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।

उहाहरुले पूर्व सभापती राजेन्द्र ईवाहाङ्ग लिम्बुको अधुरो सपनालाई साकार पार्न सवै धनकुटेलीले लाग्नु पर्नेमा जोड दिनु भएको थियो ।

विजय राई,धनकुटा

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।