धनकुटा सदरमुकाममा महिनौ पछि आज बर्षा

धनकुटा,१ चैत । धनकुटा सदरमुकामा महिनौ पछि आज बर्षा भएको छ ।

धनकुटा सदरमुकाम सहित जिल्लाका अन्य स्थानमा आज दिउँसो बर्षा भएको हो संभवत धनकुटा सदरमुकाममा दशैं यता बर्षा भएको थिएन । बर्षा नहुंदा तरकारी तथा खद्याय बालि किसानले समेत लगाउँन सकेका थिएनन् भने पशुपालक किसान लाई समेत समस्या हुँदै आएको थियो ।

यो पनि…
वादी तथा गन्धर्व समुदायका महिला तरकारी खेतीमा
दाङ, १ चैत (रासस) :
बबई गाउँपालिका–७ की ४८ वर्षीया शारदा गन्धर्व अचेल बिहानदेखि तरकारी बारीमा काम गर्न व्यस्त हुनुहुन्छ । अहिले उहाँमात्र होइन यहाँका अतिविपन्न समुदायका १० महिला पनि उहाँसँगै तरकारी खेतीमा व्यस्त हुन्छन् ।

उहाँले भन्नुभयो, “सरकारले हामीलाई घर त बनाइदिएको छ, तर गरी खाने अवस्था सहज छैन, त्यसैले खाना तथा घर खर्च चलाउनका लागि अहिले १० जना मिलेर सामूहिक तरकारी खेती सुरु गरेका छौँ ।” उहाँहरुले यहाँका एक व्यक्तिको दुई बिघा जमिन वार्षिक रुपमा भाडामा लिएर तरकारी खेती गर्नुभएको छ ।

मासिक रु ३० हजारमा जग्गा भाडामा लिएर गरेको शारदाले बताउनुभयो । “आफूहरुले अहिलेसम्म उत्पादन गरेको तरकारी केही बारीबाट र केही हापुरे बजार लगेर बिक्री गर्न सफल भयौँ, आम्दानी पनि राम्रो भयो”, उहाँले भन्नुभयो, “अहिले खुसी पनि छौँ, घरमा खर्च चलाउन सजिलो भएको छ, अब तरकारी खेतीमा रमाएर राम्रो आम्दानी गर्न अझै मेहनत गर्छांै, बेमौसमी तरकारी खेती पनि गर्छौं ।”

सोही ठाउँमा तरकारी खेती गर्नुभएकी ४५ वर्षीया वसन्ती गन्धर्वले पनि तरकारी खेतीले आफ्नो दैनिकी धान्न सहज भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यसअघि हाम्रो घरबास त थियो तर, दैनिक रुपमा जीवन चलाउनका लागि कुनै माध्यम थिएन, अहिले भने सहज भएको छ, पर्याप्त सिँचाइ, आधुनिक कृषि औजार नहुँदा भने समस्या हुने गरेको छ ।”

सोही समूहमा तरकारी खेती गर्नुभएकी ४० वर्षीया गीता वादीले आफू यसअघि पनि तुलसीपुर बजारमा बसेर विगत १० वर्षसम्म मकै पोलेर बिक्री गरी जिवन निर्वाह गर्दै आएको भए पनि अहिले भने तरकारी खेतीतर्फ आकर्षित भएको बताउनुभयो । “अहिले आफ्नै ठाउँ गाउँमा तरकारी खेतीमा रम्न पाउँदा निकै खुसी छु, मेहनतअनुसार आम्दानी पनि गर्न सकेका छौँ, आफूहरुले गरेको तरकारी खेती हेर्न अहिले धेरै आउनुहुन्छ, केही समयअघि गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्षसहितको टोली आयो, उहाँहरुलाई आफँैले उत्पादन गरेको टमाटर, भन्टा, आलु तरकारीको माला लगाएर स्वागत ग¥यौँ, त्यसबाट पनि निकै खुसी लाग्यो”, उहाँले भन्नुभयो ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।