धनकुटामा हिजो साँझ बर्षासँगै परेको चट्याङले जिल्लाको विभिन्न स्थानमा क्षति
धनकुटा । धनकुटामा हिजो साँझ बर्षासँगै परेको चट्याङले जिल्लाको विभिन्न स्थानमा क्षति पुर्याएको छ ।
चट्याङ लागेर धनकुटा नगरपालिका वडा नं १० पात्ले र चौविसे गाउँपालिका १ पोखरीका १ जना गरि जम्मा २ जना घाईते भएका छन् भने १ लाख ९० हजार बराबरको पशुचौपाया मरेका छन् । घाईते हुनेमा जिल्लाको धनकुटा नगरपालिका वडा नं १० पात्लेकी बर्ष ५० की तारा कार्की र चौविसे १ पोखरीका वर्ष ३२ को चन्द्र कुमार श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।
पात्लेका कृष्णा ब. पराजुलीको घरमा परेको चट्याङको झिल्काले लाग्दा कार्की सामान्य घाईते भएकी हुन् । उनलाई उपचार का लागि जिल्ला अस्पताल धनकुटा ल्याईएको छ । चट्याङ लागेर एउटा गाई र एउटा बाख्रा मर्दा १ लाख २० हजार बराबराको क्षति भएको जिल्ला प्रहरी कार्यलय प्रहरी सञ्चार शाखाले जनाएको छ ।
उता चौविसे १ पोखरीका श्रेष्ठले आफ्नै बारीको गाईगोठमा त्रिपाल ओडाउने क्रममा एकासी चट्टयाङ लाग्दा गोठमा बाधेको गाई र बाछी दुबैको घटना स्थलमै मृ त्यु हुँदा ७० हजार बराबराको क्षति भएको छ । श्रेष्ठले लगाएको कपडा ज लेको, बायाँ हात सामान्य जलेको छ । घाईते श्रेष्ठलाई तत्काल स्थानिय मेडिकलमा उपचार गराएर घर फिर्ता गरिएको प्रहरीले जनाएको छ ।


