पाख्रीबास नगरपालिका भित्र मदिराजन्य वस्तुको बाह्य विज्ञापन (होर्डिङ बोर्ड) भए १५ दिन भित्र हटाउन अनुरोध,नहटाए कारवाही

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकाद्वारा मदिराजन्य वस्तुको बाह्य विज्ञापन (होर्डिङ बोर्ड) भए हटाउन १५ दिने सार्बजनिक सुचना जारी गरेको छ ।

नपा क्षेत्र भित्र रहेका कुनै घर, पसल, औधोगिक प्रतिष्ठान वा शैक्षिक केन्द्रहरुमा मदिराजन्य वस्तुको बाह्य विज्ञापन (होर्डिङ बोर्ड) भए त्यस्तो बाह्य विज्ञापन (होर्डिङ बोर्ड) सूचना प्रकाशन भएको मितिले १५ दिन भित्रमा हटाइ दिनुहुन अनुरोध गरिएको छ ।

जारी सुचनामा भनिएको छ – उपर्युक्त सम्बन्धमा विज्ञापन बोर्ड बबरमहल, काठमाण्डौँको च.नं. ३२८, मिति २०७९/११/२८ गतेको सम्मानित सर्वोच्च अदालतको आदेश कार्यान्वयन सम्बन्धमा भएको पत्र र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (स्थानीय तह समन्वय शाखा) सिंहदरबार, काठमाण्डौँको च.नं. ३५४, मिति २०७९/११/२८ गतेको जानकारी सम्बन्धमा भएको परिपत्र बमोजिम यस नगरपालिका क्षेत्र भित्र रहेका कुनै घर, पसल, औधोगिक प्रतिष्ठान वा शैक्षिक केन्द्रहरुमा मदिराजन्य वस्तुको बाह्य विज्ञापन (होर्डिङ बोर्ड) भए त्यस्तो बाह्य विज्ञापन (होर्डिङ बोर्ड) सूचना प्रकाशन भएको मितिले १५ दिन भित्रमा हटाइ दिनुहुन अनुरोध छ ।

साथै यस सूचनालाई वेवास्ता गरी मदिराजन्य बाह्य विज्ञापन (होर्डिङ बोर्ड) नहटाएमा नगरपालिका कार्यालयले कर्मचारी खटाई त्यस्तो होर्डिङ बोर्ड हटाई आवश्यक कार्बाही समेत गर्ने व्यहोरा जानकारीको लागि आदेशानुसार अनुरोध छ । 


यो पनि…
काठमाडौँ, ३ चैत (रासस): नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बेलारुसमा अलपत्र परेका नौ नेपाली महिलालाई स्वदेश फर्काउन माग गर्नुभएको छ ।

उद्धार अभियानद्वारा यहाँ बिहीबार आयोजित कार्यक्रममा खतिवडाले
विभिन्न वैदेशिक रोजगार व्यवसायी कम्पनीले झुक्याएर उनीहरूलाई ‘भिजिट भिसा’मा त्यहाँ पु¥याएको खबर प्राप्त भएकाले सरकारले अविलम्ब कूटनीतिक प्रयास गर्नुपर्नेमा जोड दिनुभयो ।

समाजवादी प्रेस सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले पीडितहरूले विदेशमा आफूहरू अलपत्र भएकाले उद्धार गर्न समाजिक सञ्जालमार्फत हारगुहार गरेको कुरा सञ्चारमाध्यममा आएकाले यथाशीघ्र उद्धार गरी उनीहरूलाई बेलारुस लैजाने कम्पनी र एजेन्टलाई कानुनी कारबाही गर्नुपर्ने बताउनुभयो ।

उद्धारमा क्रियाशील अभियानकर्मी कृतु भण्डारीले पीडितले सामाजिक सञ्जालका माध्यमबाट उद्धार गर्न आग्रह गरेकाले सम्बन्धित पक्ष संवेदनशील हुनुपर्ने बताउनुभयो । अलपत्र परेका महिलामा सानुमाया तामाङ (नुवाकोट), कविता थापामगर र अञ्जना मगर (रामेछाप), रत्नमाया राई (धनकुटा), पार्वतीमाया तितुङ (मकवानपुर), रमिता राई (भोजपुर), सुष्मा तामाङ (काभ्रेपाल्चोक), मीना गुरुङ (चितवन) र मार्था सोताङ राई (मोरङ) हुनुहुन्छ ।

यसैबीच एकीकृत समाजवादीले विज्ञाप्ति जारी गर्दै बेलारुसमा अलपत्र पारिएका महिलाको उद्धार गर्न सरकारसँग आग्रह गरेको छ । विज्ञप्तिमा बेलारुसमा नौ नेपाली महिलालाई लामो समयदेखि अलपत्र पारिएकामा पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖