छथर जोरपाटी गाउँपालिकमा एकल नृत्य प्रतियोगिता संचालन हुने
धनकुटा, ३ चैत । धनकुटाको छथर जोरपाटी गाउँपालिकमा एकल नृत्य प्रतियोगिता संचालन हुने भएको छ ।
छथर जोरपाटी गाउँपालिकोको महिला तथा बालबालिका शाखाको आयोजनामा बाल प्रतिभा पहिचान कार्यक्रम अन्र्तगत गाउँपालिका भित्रका कक्षा १ देखि १२ कक्षा सम्मा अध्यानरत छात्रा छात्र बिच नृत्य प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता वडा स्तरीय र पालिका स्तरिय गरी दुई चरणमा हुने छ । वडा बाट छनोट भएर आएका प्रतियोगिले पालिकामा तीन प्रकारका नृत्य गर्नु पर्ने सामाजिक विकास संयोजक कृष्ण कुमार मगरले जानकारी दिनु भयो ।
प्रतियोगीले लोक लयमा आधारीत नृत्य, शास्त्रीयलयमा आधारीत नृत्य र आधुनिक लयमा आधारीत नृत्य प्रस्तुत गर्नु पर्ने गाउँपालिकाले जनाएको छ ।
लोकलयमा आधारीत र आधुनिकलयमा आधारीत नृत्य प्रतियोगिले छनोट गरे अनुसार हुने छ भने शास्त्रीत लयमा आधारीत नृत्य निर्णयकले छनोट गरेको आधारमा नृत्य गर्नु पर्ने छ । प्रतियोगिताम प्रथम हुनेले ५० हजार नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् भने दोस्रो हुनेले नगद २० हजार मेडल र प्रमाण पत्र तेस्रो हुनेले नगद १० हजार मेडल र प्रमाण पत्र र सान्त्वना स्थान प्राप्त गर्नेले नगद ५ हजार मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । व
डा स्तरमा छनोट प्रतियोगिता चैत १६ देखि २० गते सम्म र पालिकामा २३ र २४ गते प्रतियोगिता संचालन हुने जनाइएको छ ।

यो पनि…
प्रधानमन्त्रीद्वारा विजेता क्रिकेट खेलाडीलाई पुरस्कारको घोषणा
काठमाडौँ, ३ चैत (रासस):
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीलाई जनही रु तीन लाख राशिको पुरस्कार घोषणा गर्नुभएको छ । विजेता खेलाडीलाई आज बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै उहाँले उक्त पुरस्कारको घोषणा गर्नुभएको हो ।
“मलाई अत्यन्त खुसी लागेको छ । हिजो तपाईँहरूले जसरी खेल प्रदर्शन गर्नुभयो, तपाईँहरूले मात्र जित्नुभएको छैन, देशले जितेको छ । देशको स्वाभिमान उच्च भएको छ, राष्ट्रको गौरव बढेको छ । आगामी दिनमा समेत तपाईँहरूको प्रदर्शन थप राम्रो होस्, म अग्रिम शुभकामना व्यक्त गर्दछु”, खेलाडीलाई सम्मान गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो– “विश्वकप छनोटका लागि तपाईँहरूलाई थप सफलता मिलोस् । म तपाईँहरूको सुख, दुःखमा साथमै हुनेछ ।”
प्रधानमन्त्री दाहालले यसअघि पनि सरकारले जनही रु दुई लाख राशिले पुरस्कृत गरिसकिएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री दाहालले कीर्तिपुरस्थित क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लटलाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयो, “यस सन्दर्भमा मूलपानी, चितवनलगायत देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रङ्गशाला निर्माण तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्दछु ।”
बिहीबार नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई नौ रनले पराजित गरेको थियो । प्रधानमन्त्री दाहालले क्रिकेट खेलाडीको मेहनतलाई सरकारको तर्फबाट सम्मान गर्ने र आगामी दिनमा थप भौतिक पूर्वाधारको विकास तथा खेलाडीका लागि थप सुविधाको प्रबन्ध गर्ने विश्वाससमेत दिलाउनुभएको छ । प्रधानमन्त्री निवासमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङ र अन्य पदाधिकारीको समेत सहभागिता थियो ।
बिहीबार प्रधानमन्त्री दाहाल आफैँ कीर्तिपुर क्रिमेट मैदान पुगेर खेलाडीलाई प्रोत्साहित गर्नुभएको थियो ।


