हिले क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन कमिटीका पदाधिकारी एवम् सदस्यहरुलाई सपथ ग्रहण

धनकुटा । धनकुटा नगरपालिका वडा नं १ हिले क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) कमिटीका पदाधिकारी एवम् सदस्यहरुलाई सपथ ग्रहण गराईएको छ ।

विशाल तामाङको सभापतित्वमा निर्वाचित ११ सदस्यीय स्ववियु कमिटीका पदाधिकारीलाई आज क्याम्पसमा एक कार्यक्रमको आयोजना गरि निर्वाचन अधिकृत तथा सहायक क्याम्पस प्रमुख प्रदीप फुयालले प्रमाणपत्र वितरण गर्दै सपथ ग्रहण गराईएको हिले क्याम्पसले जनाएको छ । क्याम्पस प्रमुख तारानाथ मिश्रको अध्यक्षता तथा क्याम्पस निर्माण समिति संयोजक लालचन गाम्बाको प्रमुख आथ्यिमा सञ्चालित कार्यक्रममा स्ववियु कमिटीलाई बधाई समेत ज्ञापन गरिएको छ ।

उनिहरुलाई निर्वाचन अधिकृत तथा सहायक क्याम्पस प्रमुख प्रदीप फुयालले सपथ ग्रहण गराउनु भएको हो । स्ववियु कमिटीको उपसभापतिमा उषा राई,सचिवमा रामकुमार लिम्बु,सहसचिवमा रितेश कटुवाल,कोषाध्यक्षमा अञ्जली कार्की रहेका छन् । अन्य सदस्यहरुमा विना विश्वकर्मा,सुष्मा तामाङ,लक्ष्मण तामाङ,रेजिना खाती,टिना जर्घा मगर र प्रविन अधिकारी रहेका छन् ।

यसै वीच विविएस प्रथम देखी तेश्रो वर्षसम्मका १५ जना विद्यार्थीहरुलाई छात्रावृत्ती पनि वितरण गरिएको छ । जसअनुसार सबैभन्दा बढी ९ हजार ६ सय र कममा २४ सय छात्रावृत्ती राशीको छात्रावृत्ती छनौट भएका छात्रछात्रालाई वितरण गरिएको क्याम्पसले जनाएको छ । कार्यक्रममा क्याम्पस प्रमुख मिश्र सहित क्याम्पस निर्माण समिति संयोजक गोम्बा,उमावि ईञ्चार्ज रामचन्द्र चौम्लागाई,योगेश भण्डारी सहयक क्याम्पस प्रमुख फुयाल हिले माविका प्रधानाध्यापक खगेन्द्र प्रसाद अधिकारी लगायतको प्रमाणपत्र तथा छात्रावृत्ती वितरण गरेका थिए ।

कार्यक्रमको सञ्चालन प्राध्यापक मुकुन्द प्रसाद शर्माले गर्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।