धनकुटा बहुमुखी क्याम्पसका स्ववियु पदाधिकारी तथा सदस्यले गरे पदभार ग्रहण
धनकुटा । स्ववियु निर्वाचनमा सर्वसम्मत चयन भएका धनकुटा बहुमुखी क्याम्पसका स्ववियुका पदाधिकारी तथा सदस्यहरु प्रमाणपत्र लिदै पदभार ग्रहण गरेका छन् ।
धनकुटा बहुमुखी क्याम्पसमाआज आयोजित कार्यक्रममा नवनियुक्त कार्यसमितिलाई बधाई तथा शुभकामना दिइएको थियो ।
क्याम्पसमा ५ विद्यार्थी संगठनको सहमतिमा स्ववियु कार्यसमिति चयन गरिएको थियो ।
जस्मा अध्यक्षमा अनेरास्ववियुका सन्तोष बुढाथोकी, उपाध्यक्ष र सचिवमा नेविसंघका सुवास भण्डारी र सुवास खनाल, सहायक सचिवमा अखिल (क्रान्तिकारी)का किशोरकुमार रायमाझी र कोषाध्यक्षमा अनेरास्ववियुका युवा तिम्सिना चयन भएका छन् ।
अन्य सदस्यहरु समेत भागबन्डामा सहमति भएको थियो ।


