नेपाल शिक्षक संघ धनकुटाको पाचौ जिल्ला प्रतिनिधि सभा शिक्षकहरुको पेशागत तथा भौतिक सुरक्षा लगायतका विषयमा विभिन्न निर्णयहरु गर्दै सम्पन्न

धनकुटा । नेपाल शिक्षक संघ धनकुटाको पाचौ जिल्ला प्रतिनिधि सभा शिक्षकहरुको पेशागत तथा भौतिक सुरक्षा लगायतका विषयमा विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएकाे छ ।

नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राईले उद्घाटन गर्दै नेपाल शिक्षक संघ धनकुटाको पाचौ जिल्ला प्रतिनिधि सभामा मुलुकको समग्र विकासका लागिशिक्षा क्षेत्रमा आमुुल सुधार गर्नु पर्नेमा जोड दिनु भयो ।

नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष धिरेन्द्र वहादुर लिम्बुको अध्यक्षतमा सम्पन्न सभामा पाख्रीवास नगरपालिकाका मेयर ज्ञान वहादुर गुरुङ्ग,नेपाल शिक्षक संघ कोशी प्रदेशका अर्थ महासचिव राम कुमारी भण्डारी,नेपाली कांग्रेस धनकुटाका उपसभापति सुनिल कुमार डंगोल,जिल्ला सचिवहरु विजय सन्तोषी राई,जयन्द्र घिसिङ्ग,चौविसे गाउपालिका ६ का वडाध्यक्ष रुद्र चेम्जोङ्,नेपाल शिक्षक संघ धनकुटा नगरपालिकाका अध्यक्ष लक्ष्मी सापकोटा नेपाल शिक्षक संघ छथरजोरपाटी गाउपालिकाका अध्यक्ष हरी दाहाल लगायतले शिक्षकहरुको पेशागत तथा भौतिक सुरक्षा हुनु पर्नेमा जोड दिए ।

समारोहमा नेपाल शिक्षक संघ धनकुटाका पूर्व अध्यक्ष भूपदेव राईलाई लोकतान्त्रिक शिक्षक पुरस्कार प्रदान गरिएको थियो । पाख्रीवास नगरपालिकाका मेयर गुरुङ्ग,चौविसे गाउपालिका वडा नं. ६ का वडाध्यक्ष चेम्जाेङ,नेपाल शिक्षक संघ महालक्ष्मीका पूर्व अध्यक्ष चकेन्द्र वस्नेत र पाख्रीवासका पूर्व अध्यक्ष सन्तोष खड्कालाई नेपाल शिक्षक संघ धनकुटाले सम्मान गरेकाे छ ।

नेपाल शिक्षक संघ धनकुटाका महिला उपाध्यक्ष शोभा वरालले स्वागत मन्तव्य राख्नु भएको सभामा जिल्ला सचिव रोहिणी पाण्डेले प्रगती प्रतिवेदन र अर्थ सचिव भोला भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सभाले शिक्षकहरुको पेशागत तथा भौतिक सुरक्षा लगायत विभिन्न विभिन्न विषयहरुमा निर्णयहरु गरेको अध्यक्ष थिरेन्द्र वहादुर लिम्बुले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।