स्ववियूमा निर्वाचित विद्यार्थीलाई बधाई
धनकुटा । धनकुटाका विभिन्न क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा विजयी भएका विद्यार्थीहरुलाई बधाई ज्ञापन गरिएको छ ।
नेपाली कांग्रेस धनकुटाले विशेष कार्यक्रमको आयोजना गरी विजयी विद्यार्थीहरुलाई बधाई दिदै सफल कार्यकालको शूभकामना ज्ञापन गरेको हो। जिल्लाको धनकुटा बुहुमुखी क्याम्पसमा नेविसंघको तर्फबाट स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा उपाध्यक्षमा सुवास भण्डारी,सचिवमा सुवास खनाल,सदस्यहरुमा मेलिना राई,अनिश भट्टराई,हिले क्याम्पसमा उपाध्यक्षमा उषा राई,सचिव राम कुमार लिम्बु,कोषाध्यक्ष अञ्जली कार्की र सदस्यहरुमा सुष्मा तामाङ,लेलिन अधिकारी र सदस्यमा रेजिना खाती । जाल्पादेवी पाख्रीवास क्याम्पसमा उपसभापति दिपकला राई निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै धनकुटाको जितपुर क्याम्पसमा नेविसंघको तर्फबाट अध्यक्षमा निरुता खड्का र सदस्यहरुमा समिक्षा श्रेष्ठ,विनिता मगर र शर्मिला धमला र भाषा क्याम्पसमा सचिवमा विपिन घिमिरे,सहसचिवमा दिपेश कार्की र सदस्यहरुमा अरुण प्रसाद जमरकट्टेल,सुरक्षा घिमिरे, युवराज हमाल निर्विरोध निर्वाचित भएका छन् ।
उनिहरुलाई पार्टीका जिल्ला सभापति दिनेश राई,सचिव विजय सन्तोषी राई,सहसचिव रोशन श्रेष्ठ,कोषाध्यक्ष सरस्वती मगर,जिल्ला सदस्यहरु अम्विका धमला,रुकमान तामाङ, प्रदेश सभा निर्वाचन क्षेत्र नं। २ का सभापति राजन पौडेल,महाधिवेशन प्रतिनिधिहरु खेम पौडेल ,करुणा कटुवाल लगायतले खादा माला टिका लगाई दिई बधाई दिएका थिए ।


