ईतिहास धान्दै कोशेली बन्दै, धनकुटे नरिवल बिस्कुट (भिडियो सहित)

धनकुटा । धनकुटामा बन्ने नरिबल बिस्कुटको बारेमा थाहापाएको जोकोहि धनकुटा पुगेर फर्कदा हातमा धनकुटे नरिबल बिस्कुट कासेली लिएर फर्कने गरेको छन् । धनकुटा–४ निवासी स्व. विश्वेश्वरमान श्रेष्ठले उत्पादन सुरु गरेको धनकुटे नरीवल विस्कुट धनकुटाको पहिचाननै बनेको छ । धनकुटामा मात्र नभइ धनकुटा भन्दा बाहिरी जिल्लामा समेत यो बिस्कुट निक्कै लोकप्रिय छ । धनकुटा आउने तथा धनकुटावाट बाहिर जाने ब्याक्तिहरुले यो बिस्कुट कोशेलीको रुपमा लैजाने गरेको छन् । त्यस्तै बिदेश सम्म यो बिस्कुट कोशेलीका रुपमा पुग्ने गरेको छ ।

स्थानीयस्तरमै उत्पादीत दूध, घिउ र मैदा प्रयोगबाट बन्ने बिस्कुट काँचो इँटा, माटो र चीमबाट निर्मित भट्टीमा पोलेर तयार गरिन्छ । उद्योगमा निर्मित बिस्कुट भन्दा यो बिस्कुट धेरै स्वादिलो हुने गरेको छ । उद्योगले नरिवल बिस्कुट, खास्ता, कुकिज, फुल केक, पिस केक, कोको विस्कुट, स्लाइस रोटी, कुकिज, डुनट र पाउरोटीलगायत बेकरी आइटम उत्पादन गर्दछन् । यस उद्योगका उत्पादन खासगरी धनकुटा सहित छिमेकी जिल्ला सम्म पुग्ने गरेको छ । यसको लोकप्रियता बढे संगै धनकुटामा धेरै बिस्कुट उद्योग थपिएका छन् ।

त्यसो त धनकुटे नरीवल बिस्कुटको ईतिहास निक्कै लामो छ । २००८ सालमा देब्रेबासमा चिया दोकान गर्ने विश्वेश्वरमानले ग्राहकको मागका आधारमा माथिल्लो कोप्चेबाट भारतीय विस्कुट ल्याएर बेच्ने गर्नु भएको थियो । तर, दोकानमा चिया पिउन आउने केही नियमित ग्राहकको सल्लाहमा उनले आफै विस्कुट बनाउने अभ्यास सुरु गर्नुभयो । अन्तत उहाले २०११ सालवाट नरीवल सहितको बिस्कुट उत्पादन सुरु गर्नुभयो । २०३० सालमा तत्कालिन जिल्ला पञ्चायत कार्यलयमा उद्योगनै दर्ता गरि उत्पादन सुरु गरियो । आज त्यहि बिस्कुट धनकुटाको पहिचान बनेको छ ।

धनकुटा पुग्ने जोकाहि खाजा खान होस बा कासेली लैजान धनकुटे नरीवल बिस्कुट प्रयोग गर्ने गरेका छन् । आफ्ना बुवाले सुरु गरेको पेसालाइ निरन्तरता दिइरहेको उहाका छोरा मोहन संखर श्रेष्ठ बताउनु हुन्छ । “बुवाले उत्पादन सुरु गरेको बिस्कुट अहिले निकै लोकप्रिय छ यो बिस्कुटको ब्राण्ड बनाउनु बुवाको ठुलो योगदान छ म यहि पेसालाइ निरन्तरता दिन्छु” उनले भने ।

मोहन बिस्कुटको सिको गदै पछिल्लो समय अन्य धेरै उद्योग खुल्ने क्रम समेत बढ्दो छ । हाल धनकुटा नगरक्षेत्रमा मात्र १५ उद्योग दर्ता भइ सञ्चालनमा रहका छन् । जहा बार्षिक एक करोड भन्दा बढिको बिस्कुट उत्पादन हुदा एक सय भन्दा बढि ब्याक्तिले प्रतक्ष रुपमा राजगार पाएको घरेलु तथा साना उद्योग कार्यलय धनकुटाका प्रमुख इश्वर थापा बताउनु हुन्छ । यस बाहेक जिल्लाकै अन्य क्षेत्रमा समेत एक दर्जनको हाराहारीमा यस्तो उद्योग सञ्चालनमा रहेका छन् ।

धनकुटे नरिबल बिस्कुटको लोकप्रियताकै कारण माग धान्न निकै गाह्रो हुने गरेको छ । बिस्कुट बनाउने पर्याप्त जनशक्ति नहुँदा उद्योगले मागअनुसार उत्पादन र बजार विस्तार गर्न नसकेको ओम बिस्कुट उद्योगका सञ्चालक टिका कट्वाल बताउँनु हुन्छ । युवाहरु कामको खोजीमा वैदशिक रोजगारमा जान थालेपछि कामदार युवा पाउन गाह्रो भएको उहाको भनाई छ । पछिल्लो समय यो बिस्कुटलाइ बजारको माग धान्न निकै गाह्रो छ । बजारमा माग बढेकै कारण धनकुटाको सिको गर्दै पुर्बको अन्य स्थानमा पनि नरिबल बिस्कुट उत्पादन हुने गरेको छ ।

यसरी बन्छ धनकुटे नरिवल बिस्कुट हेर्नुस् भिडियोमा –

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।