प्रदेश नामाकरण विरोधको प्रदर्शनमा घाईते भई निधन भएका लिम्बुको ह’त्याको जिम्मा प्रदेश सरकारले लिनुपर्छ
धनकुटा । जनता समाजवादी पार्टी नेपाल लिम्बुवान राष्ट्रिय समितिले कोशी प्रदेश नामांकरण विरोधको प्रदर्शनमा घाईते भई गएराती निधन हुनुभएका लाजेहाङ लिम्बुको हत्याको जिम्मा प्रदेश १ सरकारले लिनुपर्ने जनाएको छ ।
आज एक पत्र जारी गर्दै उस्ले मुक्तीयोद्धा लिम्बुको हत्याको जिम्मा प्रदेश १ सरकार/८२ सांसद, पार्टी, मुख्यमन्त्री, वर्तमान प्रधानमन्त्री र नेपाल प्रहरीले लिनु पर्ने बताएको हो ।
आठपहरिया स्वयत्त क्षेत्र धनकुटाका ईञ्चार्ज सरकुमारी आठपहरिया र अध्यक्ष जितेन्द्र आठपहरियाद्धारा हस्ताक्षरित पत्रमा लिम्बु हत्या अनुसन्धान छानविन आयोग गठन गरि दोषीलाई तुरुन्त कारवाही गर्न र प्रदेशको नाम खारेज गर्न समेत माग गरिएको छ । अन्यथा अब सृजना हुने घटनाको जिम्मेवारी प्रदेश सरकारले लिनु पर्ने पत्रमा उल्लेख छ ।
प्रदेश १ पुन:नामांकरण संयुक्त संघर्ष समितिले कोशी नाम खारेजीको माग गर्दै चैत ५ गते विराटनगरमा आयोजना गरेको विरोध जनप्रदर्शनको क्रममा प्रहरीको आक्रमण परी घाईते हुनुभएका लिम्बुको गएराती निधन भएको हो ।



