धनकुटा सहिदभुमि गाउँपालिकाको दोस्रो गाउँसभाको दोस्रो अधिवेशन विभिन्न निर्णय गर्दै सम्पन्न
धनकुटा । धनकुटाको सहिदभुमि गाउँपालिकाको दोस्रो गाउँसभाको दोस्रो अधिवेशन विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।
सहिदभुमिको समृद्धि, शिक्षा ,स्वास्थ ,पर्यटन र कृषि भन्ने नाराका साथ गत फागुन १९ गतेबाट सुरु भएको अधिवेशनमा विभिन्न विषयमा बृहत छलफल गर्दै आज सम्पन्न भएको हो ।
गाउँ सभा गाउँपालिका अध्यक्ष मनोज राईको अध्यक्षतामा सञ्चालन भएको थियो । सभाले मेलमिलाप कर्ताहरुको सुचिलाई अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ भने गाउँपालिकाको स्थानीय शिक्षा ऐन २०७५ लाई प्रतिस्थापन गर्न बनेको विघेक २०७९ पारित गरेको अध्यक्ष राईले जानकारी दिनुभयो ।
यस्तै सभाबाट आर्थिक वर्ष २०७९/८० को विनियोजन ऐन संसोधन गर्ने प्रस्ताव पारित गरेको छ । गाउँ सभामा नीति तथा कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत नवीन कार्कीले प्रस्तुत गर्नुभएको थियो । गाउँपालिकाको अधिबेशन बैठक बाटपारित गरेको विभिन्न कार्यविधिको बारेमा जानकारी सहित सार्वजनिक गरिएको थियो ।
गाउँपालिकाको दोस्रो अधिवेशनमा उपाध्यक्ष रत्नश्वरी राई , कार्यपालिकाका सदस्य, सात वटै वडाका अध्यक्ष, सदस्य, गाउँपालिकाको विभिन्न साखाका कर्मचारी, लगायतको उपस्थिति थियो ।


