निर्वतमान भूमि व्यवस्थापन ,सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र कुमार राईद्वारा धनकुटाको चौबिसे गाउँपालिका २ को पर्यटकीय स्थल सिठुङ्टारका जनतासँग भेटघाट

धनकुटा । निर्वतमान भूमि व्यवस्थापन ,सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र कुमार राईले धनकुटाको चौबिसे गाउँपालिका २ को पर्यटकीय स्थल सिठुङ्टारका जनता सँग भेटघाट गर्नुभएको छ ।

नेकपा एमाले वडा कमिटीद्धारा आयोजित कार्यक्रममा बोल्दै निर्वतमान मन्त्री राईले जनताले एमालेलाई भोट दिएर जिताएको कारणले आफु केही समय मन्त्रीभएर काम गर्ने अवसर प्राप्त भएको भन्दै जनतालाई धन्यवाद ज्ञापन गर्नुभयो ।

सोही अवसरमा उहाँले चौबिसे गाउँपालिकामा बसोबास गर्ने मगर समुदायले नाच्ने मौलिक हुर्रा नाँचको अवलोकन समेत गर्दै यो पालिका क्षेत्रमा वसोवास गर्ने समुदायको मौलिक परम्परागत संस्कार संस्कृतिलाई जगेर्ना तथा प्रवद्र्धन गर्न सहयोग गर्ने बताउनुभयो । उहाँले चौबिसे गाउँपालिका भित्र सिठुङटार पर्यटकीय स्थलको विकास गरी जनताको आर्थिक स्थितीमा सुधार गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य विना देवी राई , प्रदेश कमिटी उपाध्यक्ष टिकाराम चेम्जोङ, गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङ, उपाध्यक्ष टंक माया पाङ्ममी मगर , पार्टीको मिसन ग्रास रुट अभियानको चौबिसे गाउँपालिका केन्द्रीय कमिटी अभियानता पाचकर्ण राई (पिके) लगायत जिल्ला ,पालिका , वडा टोल स्तरीय नेता कार्यकर्ता र स्थानीय बासिको उपस्थिति थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।