धनकुटाका विभिन्न स्थानमा भएको आ’गला’गीमा ८० लाख मूल्य बराबरको क्षति

धनकुटा,१४ चैत । धनकुटा जिल्लाका विभिन्न स्थानमा हिजो राती र आज विहान भएको आ’गला’गीमा ८० लाख मूल्य बराबरको क्षति भएको छ ।

सामुदायीक वन बाट लागेको आगोले घर ज’ल्दा धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका २ सान्नेटारका राजकुमार कट्टेलको घर पूर्ण रुपमा ज’ल्दा अन्नपात लत्ताकपडा लगायत अन्य सामान गरी १६ लाख मुल्य बराबरको क्षति भएको छ त्यस्तै सोहि स्थानमा चेत बहादुर रायको घर ज’ल्दा अन्नपात लत्ताकपडा लगायत अन्य सामान गरी ८ लाख मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

त्यस्तै आज बिहान धनकुटा सदरमुकाम ७ मा रहेको बिमला सन्तोषी राई र संजयसन्तोषी राईले संचालन गर्दै आएको जनविश्वस अफसेट प्रेसमा बिद्युत र्सट भई आ’गला’गी हुदाँ ५५ लाख मुल्य बराबरको अफसेट प्रेसको सामन जलेर न’ष्ट भएको प्रहरीले जनाएको छ ।

यो पनि…
‘सामना जनसङ्गीत अभियान’
गण्डकी, १४ चैत (रासस) :गत फागुन २७ गते नुवाकोटको ककनीबाट सुरु भएको ‘सामना जनसङ्गीत अभियान’ धादिङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, बागलुङ हुँदै पश्चिमरुकुम पुगेको छ ।

मध्यपहाडी लोकमार्ग छेउछाउका गाउँबस्ती र सहरलाई समेटेर नेपाल कम्युनिष्ट पार्टीले उक्त साङ्गीतिक अभियान चलाएको हो । अभियानमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घअन्तर्गत सामना सांस्कृतिक परिवारका २० कलाकार सहभागी छन् । अभियानको नेतृत्व सामनाका अध्यक्ष आरोहले गरिरहनुभएको छ ।

कला र गीत–सङ्गीतकामार्फत जनतालाई जागरुक र सुसूचित गर्न अभियान थालिएको सामनाका अध्यक्ष आरोहले बताउनुभयो । “अभियानका क्रममा जनवादी गीत, नृत्य, नाटकलगायत प्रस्तुति दिँदै हिँडिरहेका छौँ”, उहाँले भन्नुभयो, “यही चैत अन्तितममा बाजुरा पुगेर साङ्गीतिक यात्रा टुङ्गिन्छ ।”

जाजरकोट, सुर्खेत हुँदै अभियानमा सूदुरपश्चिमका पहाडी जिल्लामा पुग्नेछ । कार्यक्रम व्यवस्थापनमा स्थानीय पार्टी समिति र शुभेच्छुकहरूबाट सहयोग प्राप्त भइरहेको नेकपाले जनाएको छ । नेकपाका केन्द्रीय सदस्य एवं धवलागिरि इन्चार्ज विकिरण क्षेत्रीले साङ्गीतिक अभियानमा पार्टीको विचार सम्प्रेषणलाई पनि सँगसँगै जोडिएको बताउनुभयो ।

“कलाकारको प्रस्तुति सँगसँगै नेतृत्वबाट वैज्ञानिक समाजवादबारे पार्टीको नीति र दृष्टिकोण राख्ने काम हुन्छ”, उहाँले भन्नुभयो, “जनताको उपस्थिति र साथले हामी उत्साहित नै छौँ, यस किसिमको अभियानले पार्टीलाई तलसम्म स्थापित गर्न सघाउँछ ।”

उहाँले मध्यपहाडी लोकमार्गलाई आधार मानेर त्यस आसपासका जिल्लामा पहिलो चरणको साङ्गीतिक अभियान चलाइएको बताउनुभयो । पश्चिमको यात्रा सकिएपछि दोस्रो चरणमा पूर्वी नेपालका पहाडी जिल्लामा जनसङ्गीत अभियान सुरु हुने उहाँको भनाइ छ । नेकपाका केन्द्रीय सदस्य क्षेत्रीले मुलुकको आमूल परिवर्तनका लागि एकीकृत जनक्रान्तिको आवश्यकता औँल्याउनुभयो ।

“अहिलेका सबै राजनीतिक दलले समाजवादको कुरा त गर्छन्, जनताले चाहेजस्तो समाजवाद ल्याउन सम्भव छैन”, उहाँले भन्नुभयो । नेकपालगायत विभिन्न कम्युनिष्ट पार्टी निकट कलाकारको अगुवाइमा ‘राष्ट्रका लागि सङ्गीत अभियात्रा’ पनि अहिले सञ्चालन भइरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।