धनकुटाका पत्रपत्रिकाको मुद्रण हुदै आएको जनविश्वास प्रेसमा भएको आ’गला’गी प्रति महासंघद्धारा दु:ख ब्यक्त
धनकुटा,१४ चैत । धनकुटाबाट प्रकाशन हुने अधिकांश पत्रपत्रिकाको मुद्रण हुदै आएको जनविश्वास अफसेट प्रेसमा भएको आ’गला’गी प्रति नेपाल पत्रकार महासंघ धनकुटा शाखाले दु:ख व्यक्त गरेको छ ।
नेपाल पत्रकार महासंघ धनकुटा शाखाका तर्फबाट सचिव हरिबहादुर लम्जेलले विज्ञप्ति जारी गर्दै घटना प्रति दु:ख व्यक्त गरिएको हो साथै आ’गला’गी पिडितलाई उचित क्षतिपूर्तिका लागि महासंघले ध्यानाकर्षण समेत गराएको छ । धनकुटा नगरपालिका वडा नं ७ हुलाकटोलस्थित जिल्ला अस्पताल अगाडि रहेको सो प्रेसमा बिहान करिब ६:३० बजेबाट आ’गला’गी सुरु भएको थियो ।
आ’गला’गी भए लगत्तै धनकुटा नगरपालिकाको दमकलको सहयोगमा स्थानीयवासी र प्रहरीले आधा घण्टापछि करिब ७ बजे आगो नियन्त्रणमा लिएका थिए । विद्युत सर्ट भएर आ’गला’गी भएको अनुमान गरिएको छ । आ’गला’गीबाट करिब ५५ लाख बराबरको क्षेती भएको अनुमान गरिएको छ ।

यो पनि…
दुई दशक बित्यो, पूरा भएन शहिद उद्यान
धनकुटा, १४ चैत (रासस) :निर्माण सुरु भएको २३ वर्ष पुग्दा पनि धनकुटाको शहीदभूमि गाउँपालिकाको शहीद उद्यान निर्माण समपन्न हुन सकेको छैन । विसं २०६६ देखि तत्कालीन शान्ति मन्त्रालयको रु एक करोड लागतमा २०३६ सालको छिन्ताङ हत्याकाण्डमा सहादत प्राप्त १६ शहीदको सम्झनामा उक्त उद्यान निर्माण थालिएको हो । शहीदभूमि–२ र ३ को पातलडाँडामा क्रमागत योजनाअन्तर्गत निर्माण सुरु गरिएको उक्त उद्यानको बाँकी काम पूरा नहुँदा निर्माण गरिएका संरचनासमेत जीर्ण बन्दै गएका छन् ।
हालसम्म सङ्घ र प्रदेश सरकारको क्रमागत योजनाअन्तर्गत रु दुई करोड आठ लाख खर्च गरेर १२ किलोमिटर सडक, शहीद स्तम्भ तथा विभिन्न संरचना निर्माण गरिएका छन् । बजेट अभावका कारण उद्यानको काम पूरा हुन नसकेको उपभोक्ता समितिका अध्यक्ष रुपलाल राईले जानकारी दिनुभयो ।
उद्यान निर्माणका लागि २०६६ सालमा रु एक करोड, २०७४ मा रु ३८ लाख, २०७५ सालमा रु ४० लाख सङ्घीय सरकार र त्यसपछि २०७६ सालमा रु २० लाख, २०७७ र २०७८ सालमा कोशी प्रदेश सरकारको रु १०÷१० लाख खर्च भएको थियो । चालु आवमा बजेट नहुँदा समस्या भएको अध्यक्ष राईले बताउनुभयो ।
उद्यान निर्माणको काम पूरा गर्नका लागि प्रदेश सरकारले विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार पारेर लगेकाले अब बाँकी काम चाँडै पूरा हुने गाउँपालिका अध्यक्ष मनोज राईको भनाइ छ ।


