आर्थिक बर्ष २०७९-८० मा यस्तो छ ला’गुऔ’षध सम्बन्धी तथ्यांक
धनकुटा,१५ चैत । धनकुटा प्रहरीले आर्थिक बर्ष २०७९। ८० मा ला’गुऔ’षध सम्बन्धी भएका तथ्यांक सार्वजनिक गरेको छ, जस मध्ये ला’गुऔ’षध सम्बन्धी १२ वटा मुद्धा दर्ता भएको जनाएको छ । जस मध्ये २४ जना प्रतिवादी लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय धनकुटाको संचार शाखाले जनाएको छ ।
साथै प्रहरीले ला’गुऔष’ध गाँ’जा ६ सय ६३ किलो ६२९ ग्राम बरामद गरेको जनाएको छ । त्यस्तै नाइट्राजेपाम ६६० चक्की, फेनारगन ८३ एम्पुल, कोरेक्स ३बोतल, स्पास्पेन ११५० चक्की, ट्रामोल १२१० चक्की बरामद गरेको छ त्यस्तै बस १ थान , बोलेरो गाडी १, मोटरसाइकल ८थान, पिकअप गाडी २ थान सवारी समेत पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।
यो पनि…
जुरे पहिरो पीडितले नगद राहत पाउने
काठमाडौँ, १५ चैत (रासस) : जुरे पहिरो पीडितले मागबमोजिम नगदै राहत पाउने भएका छन् । मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार अब जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय तहको समन्वयमा पीडितको यकिन तथ्याङ्कका आधारमा मापदण्ड बनाएर राहत वितरण गर्नेछ ।
मन्त्रिपरिषद् बैठकले ‘जुरे पहिरो पीडितका लागि जनस्तरबाट सङ्कलित नेपाल बैंक लिमिटेड, चौताराको खातामा जम्मा भएको रु दुई करोड २४ लाख ६६ हजार छ सय ५७ स्थानीय तहको समन्वयमा पीडितलाई नगद राहत उपलब्ध गराउन जिल्ला विपद् व्यवस्थापन समितिलाई निर्देशन दिने’ निर्णय गरेको सिन्धुपाल्चोक–१ बाट निर्वाचित सङ्घीय सांसद माधव सापकोटाले जानकारी दिनुभयो ।
आठ वर्षयता रोकिएको रकम वितरणका लागि विगतदेखि नै पहल हुँदै आएको थियो । सांसद सापकोटाले गत फागुन ३० गते जिल्ला विपद् व्यवस्थापन समितिमार्फत जुरे पहिरोपीडित कोषमा जम्मा भएको सो रकम मापदण्डका आधारमा प्रभावितलाई नै उपलब्ध गराउन रायसहित गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णयका लागि नेतृत्व गर्नुभएको थियो । विसं २०७१ साउन १७ गते सिन्धुपाल्चोकको जुरे क्षेत्रमा पहाडै खसेर भोटेकोसी नदी थुनिएको थियो । पहिरोमा परी एक सय ४५ जनाले ज्यान गुमाएका थिए भने एक सय ५३ घरमा क्षति पुगेको थियो ।
–––


