धनकुटा जिल्लामा निजी वन व्यावस्थापनमा बर्षेनी करिब ७ सय जनाले पूर्ण रोजगारी पाईरहेको विवरण सार्वजनिक

धनकुटा,१५ चैत । डिभिजन वन कार्यलय धनकुटाले धनकुटा जिल्लामा निजी वन व्यावस्थापनमा बर्षेनी करिब ७ सय जनाले पूर्ण रोजगारी पाइ रहेको जनाएको छ । कार्यलयमा आज संचारकर्मिहरु संगको अन्र्तकृया कार्यक्रमा डिभिजन वन अधिकृत मेघराज राईले उतm तथ्याक सार्वजनिक गर्नु भएको हो ।

निजी वन व्यावस्थापन बाट जिल्लाको ग्रामिण अर्थतन्त्र समेत चलायमान रहेको अधिकृत राइृको भनाई रहेको थियो । साथै धनकुटा जिल्लामा वनको क्षेत्रफल समेत बडढ्दो क्रममा रहको बताउँदै कृषि, पर्यटन पानी मुहान, पशुपालन, उद्यम प्रवद्र्धन र वातावरणिय पक्ष संग जोडिएको भए पनि सरकारको प्राथमिकतामा वन क्षेत्र पर्न नसकेको गुनासो गर्नु भयो ।

धनकुटा जिल्लाको ४१ प्रतिशत वन क्षेत्र रहेको बताउँदै जिल्लामा सामुदायीक वनको संख्या ३ सय ८७ रहेको जानकारी दिनु भयो । साथै उहाँले डिभिजन वन कार्यलय बाट भई रहेका काम तथा प्रयासको बारेमा जानकारी समेत गराँउनु भएको थियो ।

यो पनि…
जुरे पहिरो पीडितले नगद राहत पाउने
काठमाडौँ, १५ चैत (रासस) :जुरे पहिरो पीडितले मागबमोजिम नगदै राहत पाउने भएका छन् । मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार अब जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय तहको समन्वयमा पीडितको यकिन तथ्याङ्कका आधारमा मापदण्ड बनाएर राहत वितरण गर्नेछ ।

मन्त्रिपरिषद् बैठकले ‘जुरे पहिरो पीडितका लागि जनस्तरबाट सङ्कलित नेपाल बैंक लिमिटेड, चौताराको खातामा जम्मा भएको रु दुई करोड २४ लाख ६६ हजार छ सय ५७ स्थानीय तहको समन्वयमा पीडितलाई नगद राहत उपलब्ध गराउन जिल्ला विपद् व्यवस्थापन समितिलाई निर्देशन दिने’ निर्णय गरेको सिन्धुपाल्चोक–१ बाट निर्वाचित सङ्घीय सांसद माधव सापकोटाले जानकारी दिनुभयो ।

आठ वर्षयता रोकिएको रकम वितरणका लागि विगतदेखि नै पहल हुँदै आएको थियो । सांसद सापकोटाले गत फागुन ३० गते जिल्ला विपद् व्यवस्थापन समितिमार्फत जुरे पहिरोपीडित कोषमा जम्मा भएको सो रकम मापदण्डका आधारमा प्रभावितलाई नै उपलब्ध गराउन रायसहित गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णयका लागि नेतृत्व गर्नुभएको थियो । विसं २०७१ साउन १७ गते सिन्धुपाल्चोकको जुरे क्षेत्रमा पहाडै खसेर भोटेकोसी नदी थुनिएको थियो । पहिरोमा परी एक सय ४५ जनाले ज्यान गुमाएका थिए भने एक सय ५३ घरमा क्षति पुगेको थियो ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖