उदघाेषण तथा नेतृत्व विकास सम्बन्धि तीन दिने तालिम सम्पन्न

धनकुटा । धनकुटाको सहिदभुमी गाउँपालिका ६ नं वडा कार्यलयको आयाेजनामा उदघाेषण तथा नेतृत्व विकास सम्बन्धि तीन दिने तालिम सम्पन्न भएको छ । चैत १५ गतेदेखि शुरु भएको तालिमको आज समापन गरिएको हाे ।

वडा अध्यक्ष हेमकुमार राईको अध्यक्षतामा सञ्चालित तालिममा ६ नं वडाका २५ जनाले सहभागिता जनाएका थिए । तालिम समापन कार्यक्रमका प्रमुख अतिथि सहिद भुमि गाउँपालिका अध्यक्ष मनाेज राई , विशेष अतिथि प्रमुख प्रशासकीय अधिकृत नवीन कार्कीले सहभागी प्रशिक्षार्थीहरुलाई बधाई दिदै प्रमाण वितरण गरेका थिए । तालिममा बलराम दाहालले प्रशिक्षण दिनुभएको थियोे ।

कार्यक्रमकाे सञ्चालन वडा सचिव पदम प्रसाद दाहालले गर्नुभएको थियोे । तालिममा सहभागीहरुले समापन कार्यक्रममा बाेल्दै तालिम प्रभावकारी भएको भन्दै आगामी दिनमा लामो समय यस्तै तालिम निरन्तरताकाे लागि वडालाई सुझाव दिएकाछन् ।

कर्णाली प्रदेश : एमालेले मुख्यमन्त्रीलाई विश्वासको मत दिने
सुर्खेत/भेरीगङ्गा, १७ चैत (रासस) :कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई नेकपा (एमाले) ले विश्वासको मत दिने भएको छ । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठकमा भाग लिँदै एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्रीले राखेको प्रस्तावको पक्षमा मत दिने बताउनुभएको हो ।

एमाले अहिले सत्तापक्षको बेन्चमा छ । उहाँले भन्नुभयो, “जुन आसनमा हामी छौँ, त्यहीअनुसार हामी पक्षमा मत दिन्छौँ, आफैँले बनाएको सरकारलाई समर्थन नगर्ने कुरै भएन”, उहाँले भन्नुभयो ।

नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले छलफलमा भाग लिँदै मुख्यमन्त्री शर्मालाई आवश्यक भएको अवस्थामा मात्रै मत दिन सकिने बताउनुभयो । आजै विश्वासको मत विभाजन हुने भए पनि नेता शाहीले मत दिने वा नदिने प्रष्ट पार्नुभएन । उहाँले भन्नुभयो, “अप्ठेरो परेमा विश्वासको मत दिनेबारे सोच्छौँ ।”

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समर्थन फिर्ता लिएपछि कर्णालीका मुख्यमन्त्री शर्माले नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा २ बमोजिम आफूलाई प्रदेशसभाको विश्वास छ भन्ने कुरा प्रष्ट पार्न प्रस्ताव गर्नुभएको हो । अहिले सदन चलिरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖