धनकुटाका आम नागरिकको दैनिकी फेर्दै तमोर करिडोर

धनकुटा, १९ चैत (रासस) : निर्माणाधीन तमोर करिडोरले धनकुटाका आमनागरिकको दैनिकी र जीवनयापनमा परिवर्तन आउन थालेको छ । अहिले तराईबाट कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड भएर आएका सवारीसाधन राजमार्गको मूलघाटमा जोडिएर गएको करिडोरबाट पाँचथर र ताप्लेजुङसम्म जाने गरेका छन् ।

तराईबाट उक्त दुई जिल्लासम्म जान करिडोरको बाटो छोटो पर्ने भएकाले यहाँ अहिले यात्रु तथा मालवाहक सवारीसाधनको चाप दैनिक बढ्ने क्रममा छ । यातायातको चाप बढेर चहलपहल बढेसँगै करिडोर आसपासका नागरिक होटल तथा व्यापारतर्फउन्मुख हुन थालेका छन् ।

विसं २०७० मा यस स्थानमा सडक पुगेसँगै आफू कृषिबाट होटल व्यवसायमा लागेको चौबिसे गाउँपालिका–५ हङ्समोरङ बेंसीकी रुपादेवी दाहालले जानकारी दिनुभयो । आफूसँग भएको तीन रोपनी जमिनबाट जीवनयापन असहज भइरहेका बेला करिडोरको व्यापारले आफ्ना तीन जनाको परिवारको जीवनयापनमा सहज भएको उहाँले सुनाउनुभयो ।

पहिला करिडोर लक्षित पसल तथा होटल कम भएकाले दैनिक रु तीनदेखि पाँच हजार कमाइ भए पनि हाल भने सडक छेउमा अनगिन्ति होटल सञ्चालनमा आएकाले व्यापारमा कमी आएको उहाँको भनाइ छ ।

त्यस्तै साँगुरीगढी गाउँपालिका–३ कुशेटारका ४६ वर्षीय खेम न्यौपानेले पनि गत वर्षबाट कृषि पेसा छाडेर सानो किराना पसल र होटल सञ्चालन गर्दै आउनुभएको छ । गत वर्षदेखि रु पाँच लाख लगानीमा व्यवसाय सुरु गरेको बताउने न्यौपानेले मासिक रु ४० हजारसम्म कमाइ हुने गरेको जानकारी दिनुभयो ।

पहिला कृषि पेसाबाट जीवनयापन असहज भएपछि वैदेशिक रोजगारीमा जानुभएका न्यौपानेले करिडोरमा चहलपहल बढेपछि व्यापारमा लागेको बताउनुभयो । पहिला बजार नपाएर त्यसै खेरजाने यहाँका उत्पादन अहिले करिडोर बनेपछि यसै ठाउँमा बसेर स्थानीयले मनग्य आम्दानी गरिरहेको उहाँले जानकारी दिनुभयो ।

करिडोरका कारण चौबिसे वडा नं ५ भैँसेटारका २६ घर माझी परिवारको जीवनमा पनि सहजता आउन थालेको छ । पारम्परिकरुपमा माछा मार्ने र खेतीपाती गर्दै आएका सो क्षेत्रका माझी पसल गर्ने तथा सवारीसाधनमा काम गर्नेतर्फ अग्रसर रहेको स्थानीय राजन माझीले बताउनुभयो ।

करिडोरमा दैनिक एक सयभन्दा बढी सवारीसाधन आवतजावत गर्ने भएकाले उनीहरुले तमोर नदीमा मारेको माछासमेत तत्काल र उचित मूल्यमा बिक्ने गरेको उहाँले जानकारी दिनुभयो । “पहिला मारेको माछा कहिले बिक्ला भनेर सुकाएर राख्नुपथ्र्यो”, उहाँले भन्नुभयो, “अहिले तुरुन्त बिक्छ, हामीलाई जीवन चलाउन धेरै राहत भएको छ ।”

दुई वर्षअघिदेखि रु ४० हजारमा सामान्य किराना पसल खोलेका माझीले हाल गाउँमा सो समुदायका चार किराना सञ्चालन गरिरहेको जानकारी दिनुभयो । भारतको जोगवनीदेखि चीनको ओलाङ्चुङगोला जोड्ने दुई सय ५४ किमी लामो उक्त करिडोरको मूलघाट–पाँचथर सडकखण्ड अहिले ग्राभेल भएर कालोपत्रको चरणमा छ ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।