छथर जोरपाटीमा किशोर किशोरी मैत्री स्वास्थ्य कार्यक्रम
धनकुटा,२० चैत । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले आयोजना गरेको किशोर किशोरी मैत्री स्वास्थ्य कार्यक्रम अन्र्तगत आज परेवादिन स्वाथ्य चौकिमा कार्यक्रम सम्पन्न गरेको छ ।
जनस्वाथ्य ऐन २०७५ ले किशोर किशोरी मैत्री स्वाथ्य सेवा लाई आधारभूत स्वाथ्य सेवाको रुपमा पहिचान गरेकोले छथर जोरपाटी गाउँपालिका भित्रका स्वाथ्य संस्थाहर लाई किशोर किशोरी मैत्री बनाउँन सबै पक्षले आवश्यक भएकोले कार्यक्रमको आयोजना गरिएको छथर जोेरपाटी गाउँपालिकाका स्वाथ्य शाखा प्रमुख सुन्दरमान डंगोलले जानकारी दिनु भयो ।
छथरजोपाटी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दिपक गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण परेवादिन स्वाथ्य चौकीका प्रमुख चेतबीर थापा र छथर जोेरपाटी गाउँपालिकाका स्वाथ्य शाखा प्रमुख सुन्दरमान डंगोलले गर्नु भएको थियो । कार्यक्रमा महिला स्वाथ्य स्वयमसेविक, स्वाथ्यकर्मि, किशोर किशोरी लगायत २५ जनाको सहभागितामा कार्यक्रम भएको जनाइएको छ ।


यो पनि…


