धनकुटा अस्पताललाई पाँच थान डायलासिस उपकरण
धनकुटा । पूर्व मन्त्री तथा राष्ट्रपतिका प्रमुख राजनैतिक सल्लाहकार सुनिल वहादुर थापाको पहलमा धनकुटा अस्पताललाई पाच थान डायलासिस उपकरण प्राप्त भएको छ ।
ती उपकरण स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विभागबाट उपलब्ध भएका हुन् । पूर्वमन्त्री तथा राष्ट्रपतिका प्रमुख राजनैतिक सल्लाहकार थापाले गएको संसदीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भएको बेला डायलासिस मेसिन धनकुटा अस्पतालमा ल्याउन पहल गरी सेवा शुरु गर्ने प्रतिवद्धता गरे अनुसार उहाँको पहलमा धनकुटा अस्पतालमा ती उपकरण उपलब्ध भएकोमा नेपाली कांग्रेस धनकुटाले धन्यवाद ज्ञापन गरेको छ ।
नेपाली कांग्रेस जिल्लाका सभापति दिनेश राई,जिल्ला सचिव विजय सन्तोषी राई,पाख्रीवास नगरपालिकाका मेयर ज्ञान वहादुर गुरुङ्ग,महालक्ष्मी नगरपालिकाका मेयर ध्रुवराज राय,पूर्व महासमिति सदस्य असित नारायण सिंह थापा,यूवा नेता मदन घिमिरे,विद्यार्थी नेता बिर्मशमान अमात्य लगायतले डायलासिस मेसिन ल्याउन महत्वपूर्ण पहल गरी धनकुटा अस्पतालमा ल्याउन सफल हुनु भएकोमा पूर्व मन्त्री थापालाई धन्यवाद ज्ञापन गरे ।
सो अवसरमा पूर्व मन्त्री तथा राष्ट्रपपिका प्रमुख राजनैतिक सल्लाहकार थापाले अव धनकुटा अस्पतालमा चाडै डायलासिस सेवा सञ्चालन गर्न आवाश्यक थप जनशक्तिका लागि पहल भैरहेको पनि वताउनु भयो ।धनकुटा अस्पतालमा प्राप्त डायलासिस मेसिन बाट डायलासिस सेवा संचालन गर्न स्वास्थ्यकर्मी तालिम लिएर आईसकेकोले सेवा सञ्चालन गर्न आवाश्यक तयारी भैरहेकोले चाडै डायलिसस सेवा शुरु गर्ने तयारी भैरहेको धनकुटा अस्पतालका प्रमुख डा।अमिताभ ठाकुरले वताउनु भयो ।
त्यसैगरी पूर्व मन्त्री तथा राष्टपतिका प्रमुख राजनैतिक सल्लाहकार थापाले आफ्नो पहलमा धनकुटा अस्पताललाई पाच थान डायलासिस उपकरण उपलब्ध भएकोमा स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विभागलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
धनकुटा जिल्लाका अलवा पूर्व पहाडी जिल्लाहरु तेह्थुम,संखुवासभा,भोजपुर,ताप्लेजुङ्ग,पाँचथर लगायतका जिल्लाका डायलासिस गर्नु पर्ने विरामीहरुलाई धनकुटामा डायलासिस गर्न धेरै सुविधा र सहज हुने समेत पूर्व मन्त्री थापाले वताउनु भयो ।


