छथर तारा पहिचानको एकल नृत्य प्रतियोगिताको फाइनल आजबाट छथर जोरपाटीमा सुरु

धनकुटा,२३ चैत । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा छथर तारा पहिचान गर्नेका लागि आयोजना गरिएको एकल नृत्य प्रतियोगिताको फाइनल प्रतिस्पर्धा आज बाट गाउँपालिकामा सुरु भएको छ ।

छथर जोरपाटी गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा छथर तारा पहिचान कार्यक्रम अन्र्तगत वडा स्तर बाट छनोट भएर आएका प्रतियोगीहरु बिच आज बाट फाइनल चरणको प्रतिस्पर्धा सुरु भएको हो । आज १२ जना प्रतिस्पर्धीले दुई विद्याका गितमा प्रतिस्पर्धा गरेका छन् ।

गाउँपालिका भित्रका कक्षा १ देखि १२ कक्षा सम्म अध्यानरत छात्रा छात्र बिच नृत्य प्रतियोगिता छनोट गराइए पनि प्रतिस्पर्धामा सबै छात्राहरु मात्र सफल भएका थिए । आज प्रतिस्पर्धीहरुले लोक र आधुनिक लयमा मात्र नृत्य गरेका थिए भने भोली शास्त्रीत लयमा आधारित नृत्य निर्णयकले छनोट गरेको गीतमा नृत्य गर्नु पर्ने छ ।

प्रतियोगितामा प्रथम हुनेले ५० हजार नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् भने दोस्रो हुनेले नगद २० हजार मेडल र प्रमाण पत्र तेस्रो हुनेले नगद १० हजार मेडल र प्रमाण पत्र र सान्त्वना स्थान प्राप्त गर्नेले नगद ५ हजार मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । वडास्तरमा छनोट प्रतियोगिता चैत १६ देखि २० गते सम्म संचालन भएको थियो ।

कार्यक्रमा बोल्दै गाउँपालिका अध्यक्ष छत्र बहादुर सुब्बाले पालिका भित्र लुकेर रहेका प्रतिभा लाई पहिचान गर्नका लागि कार्यक्रम गरिएकाो र आगामी दिनमा अझै परिस्कृत गर्दे कार्यक्रम लार्य निरन्तरता दिने बताउँनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।