छथर ताराको उपाधि इसु राईलाई

धनकुटा,२४ चैत । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले आयोजना गरेको छथर तारा पहिचान एकल नृत्य प्रतियोगिताको उपाधि सरस्वती माध्यमिक विद्यालय सिंधुवामा अध्यानरत इसु राईले जितेकी छन् ।

छथर जोरपाटी गाउँपालिकाको महिला तथा बालबालिका शाखाले आयोजना गरेको प्रतियोगितामा गाउँपालिका भित्रका कक्षा १ देखि १२ सम्मका छात्र छात्रा विच वडा स्तर बाट छनोट भई आएका १२ प्रतिस्पर्धी लाई पछि पार्दै इसुले उपाधी जितेकी हुन् । त्यस्तै प्रतियोगिताको दोस्रो स्थान सरस्वती माध्यमिक विद्यालयकै स्मिना राईले ले प्राप्त गरेकी छन् ।

त्यस्तै चुलाचुली माध्यमिक विद्यालयमा अध्यानरत सुम्निमा लिम्बु तेस्रो भइन भने सान्त्वना स्थान सेतो गुराँस बोडिङ्गमा अध्यानरत मिरा गुरुङ्गले प्राप्त गरेकी छन् । बिजेताहरु लाई छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बा, गाउँपालिका उपाध्यक्ष गिता गुरुङ्ग खेवा प्रमुख प्रशासकीय अधिकृत जितमान जीमी लगायतले पुरस्कार तथा प्रमाण पत्र वितरण गर्नु भएको थियो ।

प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार मेडल र प्रमाण पत्र प्राप्त गरेकी छन् त्यस्तै दोस्रो हुनेले नगद २० हजार मेडल र प्रमाण पत्र तथा तेस्रो हुनेले नगद १० हजार मेडल र प्रमाण पत्र तथा सान्त्वना स्थान हासिल गर्नेले नगद ५ हजार मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖