धनकुटामा चालु आर्थिक बर्षमा ६० वटा आ’गला’गीका घटना हुंदा २४ वन ड’ढेलोका कारण (भिडियो सहित)

धनकुटा ।चालु आर्थिक बर्षमा धनकुटामा करिब ६० बटा आ’गला’गीका घटना हुंदा २४ बटा डढेलोका मात्र छन् । डढेलोको कारण धेरै बस्तीहरु जोखिममा रहेका छन् ।

जिल्ला बिपत प्रतिकार्य योजनामा उल्लेख गरिएको जानकारी अनुसार जिल्लाका सातै स्थानिय तह ड’ढेलो र आ’गला’गीको उच्च जोखिममा रहेका छन् । ड’ढेलो नियन्त्रणको लागि बिभिन्न स्थानिय समुदाय सहित नेपाल प्रहरी सशस्त्र र नेपाली सेना समेत आवश्यकता अनुसार परिचालन गर्ने गरिएको छ तर एक पटक सुरु भएको डढेलो नियन्त्रणमा लिन निक्कै मुस्किल पर्ने गरेको छ ।

ड’ढेलो लागि हाले बस्ती जोगाउन पहिलो प्रथमिकता हुने गरेको जिल्ला दैबिक प्रकोप उद्धार समितीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारीको भनाई छ । ड’ढेलो नियन्त्रणको लागि स्थानियतह र स्थानियबासिन्दानै सचेत भए मात्र घटनामा कमी आउने उहाँको बताउनु हुन्छ ।

जिल्लाका ३८७ सामुदायिक बन मध्ये १०० सामुदायिक बन ड’ढेलोको जोखिममा रहेका छन् । ड’ढेलो जानी जानी र अन्जानमा लाग्ने गरेको छ । केटा केटीले खेल्दा चु’रोट खाएर ठुटो जथाभाबि फाल्दा अन्जानमा आ’गला’गी हुने गरेको छ भने घाँसको लागि, झाडि फाड्न तथा रिसिइबिको कारण डढेलोको घटना बढेको बताईन्छ ।

त्यस्तै घाँस दाउराको कम प्रयोग, बनलाई उद्याम संग जोड्न नसक्नु बनका बुढा रुख दाउरा बिक्रि बितरण गर्न नसक्दा पनि समस्या बढेको बताईन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।