धनकुटा काठमाण्डौ सम्पर्क समितिद्धारा शुभकामना र सम्मान कार्यक्रम सम्पन्न
धनकुटा । नया बर्ष २०८० सालको अवसरमा आज नेपाली कांग्रेस धनकुटा काठमाण्डौ सम्र्पक समितिले काठमाण्डौमा शुभ कामना आदन प्रदान र सम्मान कार्यक्रमको आयोजना गरेको छ ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य कुन्दनराज काफ्लेले अव नेपाली कांग्रेस नया ढंगबाट संगठन विस्तार र सुदृढीकरण गर्ने वताउनु भयो । उहाले नेपाली कांग्रेसले अव रुपान्तरण र पुस्तान्तरणको बाटोलाई आत्मासथ गर्नु पर्ने वताउनु भयो ।
नेपाली काग्रेस धनकुटा काठमाण्डौ सम्पर्क समितिद्धारा आयोजित उक्त कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका पूर्व सभापतिहरु मनोहर नारायण श्रेष्ठ,अग्नी पौडेल,हरी अधिकारी,जिल्ला उपसभापति निर्मल ओझा,सचिव विजय सन्तोषी राई,महासमिति सदस्य उदय वहादुर लिम्बु,जिल्ला सदस्य अम्विका धमला,राम जि कोङरेन,नेपाली शिक्षक संघ कोशी प्रदेशका उपाध्यक्ष राम कुमारी भण्डारी,धनकुटा सचिव रोहीणी पाण्डे ,छथरजोरपाटी गाउपालिकाका अध्यक्ष छत्र सुब्बा,यूवा नेताहरु तिर्थ राई,मदन घिमिरे,धनकुटा काठमाण्डौ समजाका अध्यक्ष प्रेम वहादुर वस्नेत लगायतले २०८० सालको शुभकामना व्यक्त गर्दै धनकुटा कांग्रेसलाई बलियो बनाउन सवै एकजुट भएर लाग्नु पर्नेमा जोड दिनु भयो ।
नेपाली कांग्रेस धनकुटा सम्पर्क समितिका सभापति भिम वहादुर थापाको अध्यक्षमा भएको कार्यक्रममा स्वागत मन्तव्य सचिव तिर्थ अधिकारीले गर्नु भएको थियो भने कार्यक्रमको संचालन अर्का समित चन्द्र कार्कीले गर्नु भएको थियो ।
सो अवसरमा नेपाली कांग्रेस धनकुटा काठमाण्डौ सम्पर्क समितिको तर्फबाट नेपाल शिक्षक संघको भरख सम्पन्न अधिवेशनबाट धनकुटाकी शिक्षिका राम कुमारी भण्डारी अत्यधिक मत प्राप्त गरी प्रदेश उपाध्यक्षमा निर्वाचित हुनु भएकोमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य कुन्दन राज काफ्ले र सम्पर्क समितिका सभापति भिम वहादुर थापाले बधाई ज्ञापनका साथ दोसल्ला ओढाएर अभिनन्दन गर्दै सम्मान गर्नु भएको थियो ।


