नेकपा एमाले धनकुटाको ”मिसन ग्रासरुट “ पार्टी सुदृढीकरण तथा विस्तार अभियान समापन

धनकुटा । नेकपा एमाले धनकुटाले ”मिसन ग्रासरुट “ पार्टी सुदृढीकरण तथा विस्तार अभियान समापन गरेको छ । पार्टीका जिल्ला अध्यक्ष इन्द्रमणी पराजुलीको अध्यक्षता एंव केन्द्रिय स्थायी कमिटी सदस्य ,कोशी प्रदेशका पूर्व मुख्य मन्त्री सेरधन राईको प्रमुख आतिथ्यमा अभियानको समापन गरिएको हो ।

अभियान समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कोशी प्रदेश पुर्व मुख्य मन्त्री राईले पार्टीको दुइमहिने अभियानलाई समिक्षा गरेर अभियान बाट प्राप्त उपलब्धिलाई एउटा पुँजीको रुपमा संरक्षण गर्दै त्यो जग माथि उभिएर फेरि निरन्तर कुनै न कुनै रुपमा अभियान जारी राख्ने बताउनु भयो । अभियानले एउटा दरिलो राट्रिय शक्तिको रुपमा एमालेलाई स्थापित गर्न सहयोग पुग्ने उल्लेख गर्नुभयो साथै मुलुकलाई सही ट्रयाकमा लिएर जान, आजको चुनौतीको सामाना गर्न, देशमा राजनीतिक स्थायित्व कायम गरी सुशासन र विकासको बाटोतर्फ अघि बढाउन, पार्टीलाई व्यवस्थित र बलियो बनाउने कुरामा समेत महत्वपुर्ण भूमिका खेल्ने राईले बताउनु भयो ।

त्यस्तै पार्टीका केन्द्रिय सदस्य कोशी प्रदेश सहइन्चार्ज जिवन घिमिरेले अभियानका क्रममा पाएको अनुभवबारे रिर्पोटिङ सहितको मन्तव्य राख्नु भएको थियो । उहाँले अभियानका क्रममा जनताको घरघरमा भेटिएको समस्यालाई पार्टी भित्र आवाजको रुपमा उठाएर समधान गर्ने बताउनु भयो ।

त्यस्तै सहिदभुमी गाउपालिकाभित्र गाँजा खेति र गाँजाका कारण ३ सय भन्दा बढी युवाहरु जेल बस्नु परेको समस्या र जलवायु परिवर्तनका कारण सुन्तला लगायत फलफूल खेतिमा आएको ह्रासको विषयमा पनि सम्बन्धित निकाय संग छलफल तथा समस्या समाधानका लागि पहल गर्ने बताउनु भयो । अर्का अभियान्ता पार्टीका केन्द्रिय कमिटी सदस्य लक्ष्मी गौतमले पनि अभियान सञ्चालनका क्रममा पाएका अनुभव र अभियानको रिर्पोटिङ सहितको मन्तव्य राख्दै पार्टीका नेता कार्यकर्ता पार्टीले केन्द्रबाट के निर्देशन गर्छ भन्दै निर्देशन कुरेर मात्र बस्ने होइन आफै पनि क्रियाशिल र रचनात्मक हुन सके मात्र पार्टी कमिटी बलियो र चलायमान रहने सुझाव दिनु भयो ।

कार्यक्रममा सात वटै पालिकाको पालिका कमिटी अध्यक्षहरुले अभियानको रिर्पोटिङ गर्दै प्रतिवेदन जिल्ला कमिटी र अभियान्ताहरुलाई बुझाएका थिए । सोहि अवसरमा पार्टीको विभिन्न जनसंगठनको महाधिवेशनबाट केन्द्रिय कमिटीमा जान सफल प्रतिनीधिहरुलाई खदा र अबिरले बधाइ तथा शूभकामना ज्ञापन गरिएको थियो । कार्यक्रममा नेता कार्यकर्ताहरुको वृहत उपस्थिति रहेको थियो ।

कार्यक्रममा केन्द्रिय कमिटीका अभियान्ताहरुलाई सम्मान पत्र प्रदान गर्दै सम्मान गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।