धनकुटाका शहरी सडक, पार्क र भवन निर्माणका लागि बजेट विनियोजन गर्न माग गर्दै मन्त्री गुरुङ्ग समक्ष माग पत्र पेश
धनकुटा । धनकुटा जिल्लामा शहरी सडक तथा पार्क निर्माणका लागि बजेट बिनियोजन गरी दिन सहरी विकास मन्त्री सिता गुरुङ्ग समक्ष नेपाली कांग्रेस धनकुटाले माग गरेको छ । मन्त्री गुरुङ्गलाई मन्त्रालयमा भेटगरी नेपाली कांग्रेस धनकुटाको टोलिले त्यस्तो माग गरेको हो ।
पार्टीका जिल्ला सचिव विजय सन्तोषी राई,प्रदेश महाधिवेशन प्रतिनीधि राजेश्वर वहादुर श्रेष्ठ लगायतले मन्त्री गुरुङलाई भेटेर धनकुटा जिल्लामा पार्क र शहरी सडक निर्माणका लागि बजेट विनियोजन गरिदिन भन्दै माग पत्र पेश गरेको हो ।
जिल्लाको सात वटै पालिकाहरुमा पार्क,भवन तथा सहरी सडक निर्माणका लागि विभिन्न योजना सहित बजेट बिनियोजन गरी दिन माग पत्र बुझाईएको नेपाल पत्रकार महासंघ धनकुटाका निर्वतमान अध्यक्ष समेत रहेका राजेश्वर वहादुर श्रेष्ठले वताउनु भयो ।
यो पनि…
अव्यवस्थित घरटहरा भत्काउन सुरु
रामपुर (पाल्पा), ७ वैशाख (रासस) :पाल्पा दरबार क्षेत्रका अव्यवस्थित घरटहरा भत्काउन सुरु गरिएको छ । बुधबार बिहानदेखि नै ऐतिहासिक पाल्पा दरबार सङ्ग्रहालयको सौन्दर्यकरण गर्न त्यस वरिपरिका अव्यवस्थित घरटहरा तानसेन नगरपालिकाद्वारा डोजर लगाएर हटाउने कार्य सुरु भएको छ ।
सङ्ग्रहालय क्षेत्रलाई व्यवस्थित र सुन्दर बनाई पर्यटकीयस्थलको रूपमा विकास गर्न त्यस क्षेत्रमा रहेका अव्यवस्थित घरटहरा हटाउन थालिएको हो । दरबारको सुन्दरता कायम गरी विश्व पर्यटकीय गन्तव्यको रुपमा अगाडि बढाउने उद्देश्यले यहाँका सरकारी संरचनामा बनेका घरटहरा नगरपालिकाले डोजर लगाएर हटाउन थालेको छ ।
तानसेन नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, नगर प्रहरीसहित गएको डोजरले घरटहरा तथा पसल भत्काउन सुरु गरेको छ । शित्तलपाटी मूलढोका र दरबार क्षेत्र वरपर रहेका ५७ घर संरचना भत्काउन लागिएको तानसेन नगरपालिकाका प्रवक्ता यादवसिं कार्कीले बताउनुभयो । अव्यवस्थित संरचना हटाउन दुईवटा डोजर परिचालन गरेर काम सुरु गरिएको प्रवक्ता कार्की बताउनुहुन्छ ।
नगरपालिकाको स्वामित्वमा तानसेन–४ मा रहेका १३ वटा घरटहरासहित घरेलु शिल्पकलाका १३, नेपाल रेडक्रसको तीन, कर्मचारी मिलन केन्द्रको तीन, बाल सङ्गठनको एक तथा अर्को व्यवस्था नभएसम्मको लागि भन्दै दिएका २४ घरटहरा भत्काइने तानसेन नगरपालिकाले जनाएको छ ।
सटरमा पसल तथा कार्यालय चलाइरहेकालाई नगरपालिकाले वैशाख ६ गतेसम्म सामान खाली गर्न ३५ दिने म्याद दिएको थियो । सटर भत्काउने समय सीमा दिएपछि यहाँका व्यवसायीले मङ्गलबार नै रातारात सटर खाली गराएका छन् । यहाँका अधिकांश पसलको भाडासमेत वर्षौंदेखि नगरपालिकाले पाएको छैन । यसरी अव्यवस्थित तरिकाले बनेका घरटहरा हटाउने कार्यले यहाँको बजार व्यवस्थित बन्नेछ ।
लुम्बिनी र पोखराको बीच भागमा रहेको पाल्पाको तानसेन पर्यटकीय सहरको रुपमा विकास भइरहेको छ । यहाँ दुई ठूला पर्यटकिय सहरको बीचमा रहेकाले पनि बाह्य पर्यटक भित्रिने गरेका छन् । ऐतिहासिक, पुरातात्विक, पर्यटकीय, धार्मिक सम्पदाका कारण विभिन्न जिल्ला तथा देशबाट पर्यटक तानसेन आउने गर्दछन् ।


