धनशोभा राई स्मृति सेवा केन्द्रले गर्यो ज्येष्ठ नागरिकलाई राहत तथा विद्यार्थीहरुलाई छात्रवृति वितरण
धनकुटा । धनशोभा राई स्मृति सेवा केन्द्रले धनकुटा सदरमुकाममा एक कार्यक्रमको आयोजना गर्दे ज्येष्ठ नागरिकहरुलाई राहत तथा विद्यार्थीहरुलाई छात्रवृति वितरण गरेको छ ।
राईको नवौं स्मृति दिवसको अवसरमा केन्द्रले राहत सामाग्री तथा छात्रवृति वितरण गरेको हो । केन्द्रले २६ घरपरिवारलाई प्रति परिवार एक बोरा चामल , एक केजी नुन, आधा लिटर तेल, एक प्याकेट मसला लगायतका खाद्यन्य सामाग्री वितरण गरेको धनशोभा राई स्मृति सेवा केन्द्रका सचिव चन्द्रकुमार राईले जानकारी दिनुभयो ।
धनकुटा नगरपालिका– ३,४,५,६,७ र ८ नम्बर वडामा बसोबस गर्ने आर्थिक रुपले गरिब, शारीरिक रुपमा फरक क्षमता भएका, एकल, असाहय, दलित र ज्येष्ठ नागरिकका परिवार लगायतलाई खाद्यान्न सामाग्री कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाग लगायतले वितरण गर्नु भएको राईले जानकारी दिनु भयो ।
त्यस्तै कार्यक्रममा विद्यालयको वार्षिक परीक्षामा उत्कृष्ट अंक ल्याई उत्तिर्ण गर्ने नगरका ३ वटा विद्यालयका ५ जना छात्रछात्रा लाई छात्रवृति वितरण गरिएको थियो ।
यो पनि..
वीरताको चिनोे जितगढीमा विजयोत्सव
–निरा गौतम/रुपन्देही, ७ वैशाख (रासस) : नेपाली सेनाले अङ्ग्रेज फौजलाई पराजित गरी देशको रक्षा गरेको स्मरण गर्दै आज बुटवलको जितगढीमा विजयोत्सव गरिएको छ ।
विसं १८७२ वैशाख ७ गते पाल्पाका तत्कालीन कर्णेल उजिरसिंह थापाको नेतृत्वमा रहेको नेपाली सेनाले वीरता र निडरताका साथ लडेर विजयको झण्डा फहराएको थियो । इतिहासविद् निर्मल श्रेष्ठका अनुसार युद्धमार्फत आफ्नो साम्राज्य विस्तार गर्दै हिँडेको इष्ट इण्डिया कम्पनीसँग विसं १८७१ देखि ७२ सम्म भएको युद्धमा वीर नेपाली सेनाले यही क्षेत्रबाट विजय हासिल गरी अङ्ग्रेज फौजलाई फिर्ता पठाएको इतिहास छ ।
सोही इतिहासको सम्झना गर्दै बुटवल उपमहानगरपालिकाले हरेक वर्ष नेपाली वीरताको चिनो बुटवलको जितगढी किल्लामा कार्यक्रम गरी विजयोत्सव मनाउँदै आएको छ । “यो विरगाथाले भरिएको क्षेत्र हो, सबैको सहयोग सहकार्यमा जितगढीको विकास सम्भव भएको हो । यसको अझै विकास गरेर पर्यटनसँग जोड्नुपर्छ”, विजयोत्सव समारोहमा प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले भन्नुभयो ।
सन् १८७१ देखि १८७२ सम्म नेपाल÷अङ्ग्रेजका बीचमा युद्ध भए । अमरसिंह थापा, बलभद्र कुँवर, भक्ति थापा नेतृत्वको नेपाली फौजले विभिन्न स्थानमा युद्ध लडे पनि जित हात पार्न सकेको थिएन । तर, वैशाख ७ गते भएको अन्तिम युद्धमा नेपाली सेना विजयी भएको थियो । सोही खुसियालीमा आज जितगढी किल्लामै विजय उत्सव मनाइएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बताउनुभयो । “बुटवलको भूमिबाट युद्ध नजितिएको भए आज हामी स्वाभिमानी हुने थिएनाँै तर युुद्ध जित्यौँ त्यसैले गर्व गर्न पाएका छौँ”, उहाँले भन्नुभयो ।
बुटवल उपमहानगरपालिकाले गुरुयोजना नै बनाएर जितगढीको संरक्षण र विकासको काम अघि बढाएको थियो । उपमहानगरले सबै सरोकारवालाको सहयोगमा हरेक वर्ष विजयोत्सव गर्ने घोषणा गरेको उपप्रमुख सावित्रादेवी अर्यालले बताउनुभयो । “यो गौरवमय इतिहासलाई सबैले जान्न र बुझ्न पाउनुपर्छ यसका लागि हरेक वर्ष विजयोत्सव आयोजना गर्ने घोषणा गरेका छौँ”, उहाँले भन्नुभयो ।
केही वर्षअघिसम्म सुसुप्त अवस्थामा रहेको यो गढीले गुरुयोजना बनाएर काम थालेपछि अहिले रुप नै फेरिएको उपमहानगरपालिका निवर्तमान प्रमुख शिवराज सुवेदीको भनाइ छ । “यो देश बचाउन विर र विरङ्गनाले युद्ध लडेको भूमि हो, यहाँ कैयौँ महिला सैनिकसँगै बच्चा बोकेर पनि लडेको इतिहास छ, त्यसैले यसको जगेर्न गर्न जरुरी छ”, उहाँले भन्नुभयो ।
बुटवल उपमहानगरपालिकाले गुरुयोजना नै बनाएर यो किल्लाको संरक्षण र सम्वद्र्धनको काम थालेको थियो । सोही गुरुयोजनाअनुसार किल्लाको संरक्षण र विकासमा नेपाली सेना सक्रिय भएर लागेको थियो । “यो नेपाली सेनासँग जोडिएको इतिहास हो, इतिहासको रक्षा गर्नु नेपाली सेनाको कर्तव्य हो, त्यसैले यसको संरक्षण, सम्वद्र्धन र विकासमा अथक प्रयत्न ग¥र्यौं”, नेपाली सेनाको मध्यपश्चिम पृतना बुटवलका पृतनापति यामप्रसाद ढकाल भन्नुहुन्छ ।
जितगढी किल्लामा अङ्ग्रेज फौजसँगको युद्धमा नेतृत्व गर्ने कर्णेल उजिरसिंह थापा र सहादत प्राप्त गर्ने १३ जना वीर नेपाली सैनिकको सालिक निर्माण गरिएको छ । उक्त लडाइँमा वीरगति प्राप्त गरेका तत्कालीन लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्मेदान वृषसुर थापा र कृपासुर थापा, सरदार सुर्जे थापा, जमदार भीमसेन देउजा र सुरवीर बोहरा, हवलदार रणसुर बानियाँ, सिपाही हंसवीर अधिकारी, थरधर नकुल बानियाँ, दलखम्ब थापा, काजी वीरमञ्जन पाँडे, शमशेर रानामगर र जुठे बस्नेतको सालिक बनाइएको हो ।
सो क्षेत्रमा अहिले नौ फिट उचाइको पूर्णकदको तामाको सालिक निर्माण गरिनुका साथै ५५ फिटको टावरमा राष्ट्रिय झण्डा फहराइएको छ । वीरतापूर्वक अङ्ग्रेज फौजमाथि विजय प्राप्त गरेको सोही स्थानको संरक्षण र प्रवद्र्धनका लागि वीर योद्धाहरूको सालिक, वाटर फाउण्टेन र झिलिमिली बत्तीसहितको फूलबारी र नजिकै युद्ध सङ्ग्रहालयसमेत निर्माण गरिएको छ भने मध्यभागमा नेपालको झण्डा राखिएको गेटको दुवैतर्फ तोप राखिएका छन् ।


