छथर जोरपाटीमा एकिकृत शैक्षिक सुचना व्यवस्थापन प्रणाली सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा विद्यालयहरुले संचालन गर्ने एकिकृत शैक्षिक सुचना व्यावस्थापन प्रणाली बारे ३ दिन क्षमता विकास तालिम सम्पन्न भईकाे छ ।
गाउँपालिका भित्रका सामुदायिक र संस्थागत ३५ विद्यालयका एक एक जना शिक्षक प्रतिनिधी लाई छनोट गरी क्षमता विकास तालिम संचालन भई रहको छथर जोरपाटी गाउँपालिका शिक्षा शाखा प्रमुख निर्मला सुवेदीले जानकारी दिनु भयो । तालिममा सहभागिहरुले विद्यालयमा भएका सबै तथ्याङ्कहरु कार्यस्थल बाटै अपडेट र अपलोड गर्ने काम गरेका सुवेदीले जानकारी दिनु भयो ।
तालिमको सहजीकरण पालिका शिक्षक शेरबहादुर बानियाँ, मोहन दाहाल र छथर जोरपाटी गाउँपालिका शिक्षा शाखा प्रमुख निर्मला सुवेदीले गर्नु भएकाे थियाे ।


