जिल्ला प्रशासन कार्यालय धनकुटाद्वारा घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान

धनकुटा । कार्यलयमा नागरिकता लिन आउन नसक्ने अपाङ्गता नागरिकलाई जिल्ला प्रशासन कार्यालय धनकुटाले घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ ।

प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम सहित जिल्ला प्रशासन कार्यालय धनकुटाको टोलिले शुक्रबार सागुरीगढी गाउपालिका वडा नं १ की ६९ वर्षकी मनमाया दर्जीलाई नागरिकताको प्रमाणपत्र प्रदान गरेकोे हो । शारिरिक रुपमा अपाङ्गता भएकी दर्जीलाई घरमै पुुगेर प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले नागरिकताको प्रमाणपत्र प्रदान गर्नु भयो ।

आर्थिक रुपमा विपन्न दर्जी हिडडुल गर्न, बोल्न नसक्ने र आखाँ नदेख्ने अबस्थामा भएका कारण अहिलेसम्म नागरीकता विहिन हुनुहुन्थ्यो । नेपाली नागरिकताको प्रमाणपत्र नहुँदा उहाँले लामो समयदेखि सामाजिक सुरक्षा भत्ता लिन पाउनुुभएको थिएन । नागरिक्त पाएसँगै उहाँलाई अब सामाजिक सुरक्षा भत्ता लिन सक्ने बाटो खुलेको प्रमुख जिल्ला अधिकारी गौतमले बताउनुभयो ।

दर्जी आर्थिक रुपमा विपन्न र शारिरीक रुपमा अपाङ्गता भएकोले जिल्ला प्रशासन कार्यालयसम्म आउन समस्या भएकोले उहाँको सहजताका लागि घरमा नै गएर नागरीकता प्रदान गरिएको प्रशासकीय अधिकृत अंकित मंग्रातीले जानकारी दिनुभयो । दर्जीलाई नगरीकता प्रदान गर्न प्रमुख जिल्ला अधिकारी गौतम सहित प्रशासकीय अधिकृत मंग्राती, वडाध्यक्ष गोविन्द लिम्बु,पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष विदुर खवास , जिल्ला प्रशान कार्यालयका कर्मचारी लगायतको टोलि पुगेको थियो । दर्जी उहाँको श्रीमान चन्द्र बहादुर सँग बस्दै आउनु भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।