धनकुटा महालक्ष्मी नगरको कर्मचारी यूनियन अध्यक्षमा थापा

शर्मिला राई,धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा नेपाल निजामती कर्मचारी यूनियन स्थानीय कार्य समिति अध्यक्षमा राजकुमार थापा चयन हुनुभएको छ ।

समितिको शनिबार सम्पन्न प्रथम अधिवेशनले थापालाई अध्यक्षमा चयन गरेको हो । अधिवेशनको उद्घाटन गर्दै नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईले कर्मचारीहरु स्थायी सरकार भएकाले निष्पक्ष ढंगले जनताको सेवामा निरन्तर क्रियाशिल हुनु पर्नेमा जोड दिनु भयो ।

नेपाल निजामती कर्मचारी यूनियन धनकुटका अध्यक्ष खिर वहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न अधिवेशनेको उद्घाटनसत्रमा नेपाली कांग्रेस धनकुटाका निर्वतमान सभापति अग्नीप्रसाद पौडेल,जिल्ला सचिव विजय सन्तोषी राई,क्षेत्रिय सभापति राजन पौडेल,महालक्ष्मी नगरपालिका प्रमुख ध्रुवराज राय,महालक्ष्मी नरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निलकण्ठ विश्वकर्मा,नेपाली कांग्रेस महालक्ष्मी नगर कार्य समिति उपसभापति नरेन लिम्बु लगायतले कर्मचारीहरु जनतको सेवामा क्रियाशिल हुनु पर्ने वताएका थिए । उनिहरुले टेड युनियन अधिकार उपयोग गर्दै पेशागत हक हितका लागि समेत क्रियाशिल हुनु पर्नेमा जोड दिए ।

कर्मचारी युनियन स्थानिय कार्य समिति उपाध्यक्षमा छत्र वहादुर थापा,सविच तारवीर कटुवाल,कोषाध्यक्ष सपना श्रेष्ठ रहेका छन् ।त्यसैगरी अन्य सदस्यहरुमा मुकुन्द दाहाल,निशा काफ्ले,राज कुमारी पुरी,दोधराज श्रेष्ठ,मनिता लिम्बु र दिनेश विक्रम थापा रहेको नेपाल निजामती कर्मचारी युनियन धनकुटाका अध्यक्ष बुढाथोकीले वताउनु भयो ।

कार्यक्रमको सञ्चालन दिनेश विक्रम थापाले गर्नु भएको थियो । स्वागत मन्तव्य नेपाल निजामती कर्मचारी यूनियन धनकुटाका जिल्ला सदसय गौतम गुरुङले गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖