छथर जोरपाटीमा विकास निर्माणका कामको अनुगमन
धनकुटा,१२ बैशाख । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले गाउँपालिका भीत्र भइ रहेका विकास निर्माणका कामको अनुगमन लाई तिव्र परेको छ ।
गाउँपालिका भित्र भइरहेका विकास निर्माणको अनुगमन गर्ने क्रममा आज जोरपाटी चुलाचुली काजिमाने सडकमा भई रहेको कालोपत्रे निर्माणको काम, चुलाचुली ताम्लिीङ्ग सडकमा भई रहेको सोलिङ्ग साथै ध्वजे डाँडा बहुसंस्कृतीक पार्क लगायतका स्थानमा भई रहको कामको अनुगमन गरिएको छथरजोरपाटी गाउँपालिका अध्यक्ष छत्र बहादुर सुब्बाले जानकारी दिनु भयो ।
विकास निमार्णका काममा चासो दिँदै अनुगमनलाई निरन्तरता दिएको साथै कामको गुणस्तर लगायत लाई समेत अनुगमन गरी थालिएका काम लाई छिटो सक्न साथै गाउँपालिकाले गर्नु पर्ने समन्वय लाई समेत अझै प्रभावकारी बनाउने समेत अध्यक्ष्ँले प्रतिबद्धता व्यातm गर्नु भएको थियो ।
अनुगमनमा गाउँपालिका अध्यक्ष छत्र बहादुर सुब्बा, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जितमान जिमी, लेखा अधिकृत चुडा बोहोरा, प्रशासन प्रमुख नेत्र बहादुर श्रेष्ठ लगायतले काम लाई प्रभावकारी बनाउँन निर्देशन दिनु भएको थियो ।



