१० दिने मिनिटेलर मर्मत सिप विकास तालिम सम्पन्न
धनकुटा,१४ बैशाख । धनकुटाको छथर जोरपाटी गाउँपालिका ६ मा संचालन भएको १० दिने मिनिटेलर मर्मत सिप विकास तालिम सम्पन्न भएको छ ।
छथर जोरपाटी गाउँपालिकाको आयोजनामा संचालित १० दिने मिनिटेलर मर्मत सिप विकास तालिममा ६ नम्बर वडाका १० जना यूवा कृषकहरुको सहभागिता रहको छथर जोरपाटी गाउँपालिकाका उद्यम विकास सहज कर्ता अभिनव श्रेष्ठले जानकारी दिनु भयो ।
पछिल्लो समय कृषि क्षेत्रमा बढ्दै गएको प्रविधीको विकास र त्यस्ता प्रविधीको मर्मतमा किसान आफै सक्षम हुन भन्ने हेतुले तालिम संचालन गरिएको उहाँको भनाई छ ।
तालिम समापन कार्यक्रमा बोल्दै छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र बहादुर सुब्बाले किसाका लागि गाउँपालिकाले सधै काम गरि रहेको र आगमी दिनमा समेत यस्ता तालिमहरु लाई निरन्तरता दिदै लगिने बताउँनु भयो । समापन कार्यक्रममा छथर जोपाटी गाउँपालिका वडा न ६ का अधयक्ष दिपक गुरुङ्ग, ५ नम्बरका वडा अध्यक्ष डिककहादुर लिम्बु छथर जोरपाटी गाउँपालिकाका प्रशासन प्रमुख नेत्रबहादुर श्रेष्ठ लगायतको उपस्तिथी रहको थियो ।


