छथर जोरपाटी गाउँपालिकामा बहुक्षेत्रीय पोषण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

धनकुटा,१४ बैशाख । धनकुटाको छथर जोरपाटी गाउँपालिकाको स्वाथ्य शाखाले आयोजना गरेको बहुक्षेत्रीय पोषण योजना पालिका स्तरिय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितीहरुका लागि एक दिने अभिमुखि करण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा कुपोषणका कारण वालवालिकाहरुमा हुने मृत्यूदर, होचो पुड्को हुने, ख्याउटे, उमेर अनुसारको तौल नहुने उमेर अनुसारको उचाई नहुने साथै शारिरिक र मानसिक समस्या नहोस् त्यस्तै पोषणका कारण प्रजनन उमेर समुहका यूवायूवतीमा समेत समस्या नआउन भन्नका लागि सबै क्षेत्रको महत्वपूर्ण भूमिका हुने भएकोले त्यसबारे जानकारी गराउँन तथा जनचेतना जगाउँन समेत कार्यक्रमको आयोजना गरिएको छथर जोरपाटी गाउँपालिकाका स्वाथ्य शाखा प्रमुख सुन्दरमान डंगोलले जानकारी दिनु भयो ।

अभिमुखिकरण कार्यक्रममा छथरजोरपाटी गाउँपालिकाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, प्रमुख प्रशासकिय अधिकृत जितमान जिमी, छथर जोरपाटी गाउँपालिकाका बिषयगत शाखाका प्रमुख तथा प्रतिनिधी लागायत करिब ३० जनाको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण कोशी प्रदेश संयोजक संजिव घिसिङ्ग , स्वाथ्य शाखा प्रमुख सुन्दरमान डंगोल, दिनप्रसाद दुलालले गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र बहादुर सुब्बाले गर्नु भएको थियो ।

यस कार्यक्रमलाई वडा स्तर सम्म संचालन गरिने समेत जनाइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।