१४८ किसानलाई प्रोत्साहन रकम

नारायण कुमार राई/धनकुटा,१५ बैसाख । धनकुटा नगरपालिका वडा नं.३ को श्री सहकारीले आफ्नो संस्थामा आवद्ध एक सय ४८ दुग्ध उत्पादक किसानहरुलाई प्रोत्साहन रकम बितरण गरेको छ ।

कोशी पदेश सरकारले अनुदान स्वरुप उपलब्ध गराएको उक्त रकम पशु सेवा कार्यालय धनकुटा मार्फत् दिईएको हो ।

संस्थाले शुक्रबार एक हस्तान्तरण कार्यक्रम गरेर गएको साउन देखि पाँच महिना सम्म दुध संकलन गर्ने किसानहरुलाई प्रति लिटर रु दुई रुपैंयाका दरले एकमुष्ट रकम बितरण गरेको छ ।

किसानहरुलाई प्रदेश सभासद निरन राई,धनकुटा नगरपालिकाकी उपमेयर भिमादेवी खनाल,पशुसेवा कार्यालय धनकुटाका प्रमुख लोकनाथ ढुंगानाले रकम प्रदान गर्नुभएको थियो । प्रोत्साहन रकमले किसानहरुलाई दुध उत्पादन गर्न थप हौसला मिलेको संस्थाका अध्यक्ष खेमराज थापाले बताउनुभयो ।

किसानहरुले न्युनतम दुईहजार देखि १० हजार पाँच सय सम्म प्रोत्साहन रकम पाएको संस्थाकी सचिव रामकुमारी राई रोजाले जानकारी दिनुभयो । संस्थामा सबैभन्दा बढी पाँच हजार दुई सय लिटर दुध जम्मा गरेर कृषक राजु कटुवालले १० हजार पाँच सय ४६ रुपैंया प्रोत्साहन रकम पाउनुभएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।