११९ जनाले गरे नाबालकलाई आर्थिक सहयोग
धनकुटा । कुटनी–पिसनी मिलमा काम गर्ने क्रममा गम्भिर घाईते भएका धनकुटा नगरपालिका वडा नं.२ का १७ बर्षिया बिवेक राईको उपचारको लागि मलेसियामा कार्यरत नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।
मलेसियाको जोरबारु स्थित एआर स्टार कम्पनीमा कार्यरत नेपालभरीका एक सय १९ नेपालीहरुले ७१ हजार पाँच सय ३४ रुपैंया सहयोग गरेका हुन् ।
कम्पनीमा कार्यरत साबिक धनकुटा नगरपालिका ९ हाल वडा नं.७ का धनप्रसाद राई र उनका साथिहरु नरेश राई,बिवश राई र राम प्रसाद राईको बिशेष पहलमा सो रकम संकलन गरिएको हो ।
उक्त रकम सुनिल राईकी श्रीमती सान्ताकुमारी राईले ध.न.पा. ५ बालमन्दिर स्थित बडीआमा धनकुमारी राईको घरमा रहेका पिडित राईलाई हस्तान्तरण गर्नुभएको छ ।
राईले ध.न.पा.८ का वडा अध्यक्ष रसबहादुर राईको रोहबरमा नगद हस्तान्तरण गनुभएको छ ।
११ बर्ष अघि आमा निशा राईको स्वर्गारोहण भएर बुवा हर्कबहादुर राई समेत १४ बर्ष अघिबाट बैदेशिक रोजगारबाट समपर्क बिहिन भएका पिडित राई छथर जोरपाटी गाउँपालिका वडा नं. ५ को तेलियामा आफ्नो फुपुकोमा बस्दै आएका थिए ।
गएको चैत्र ११ गते सोही ठाउँमा रहेको रमेश थापाले सञ्चालन गरेको मिलमा काम गर्ने क्रममा दुर्घटनामा परेका राईको अण्डाकोषमा गहिरो चोट लागेको छ ।
हाल धरान स्थित बि.पी.मेमोरियल प्रज्ञाप्रतिष्ठानमा उपचार गराईरहेका राईको आउने जेठ पाँच गते अण्डाकोषको अपरेशनको लागि समय तोकिएको छ ।
उनको उपचारमा करिव एक लाख रुपैंया लाग्ने पिडितको बडिआमा धनकुमारी राईले जानकारी दिनुभयो ।
सहयोगीहरुको नामावली
सुनिल राई धनकुटा,यूथ मेम्बर,बिवश राई धनकुटा,शन्देश राई धनकुटा,धनप्रसाद राई धनकुटा,दिगमसिह राई धनकुटा,खड्गबहादुर मगर ओखलढुँगा,भद्रगोल फेन्सी पसल(एएमएआर) प्युठान,बिरबहादुर बि.क.झापा,हरेन राई धनकुटा,प्रतापसिंह राई धनकुटा,छत्रबहादुर राई धनकुटा,दिपक मगर ओखलढँगा,अमर लिम्बू मोरङ,रामधनी कोहर रुपन्देही,अक्लेश मल्ल रुपन्देही,रामकृष्ण रुपन्देही,जनबिजय केवत रुपन्देही,दिलकुमार राई धनकुटा,प्रभुनाथ नवलपुर,लखन चौधरी ईटहरी,प्रकाश सार्की धनकुटा,पन्चम थारु कपिलबस्तु,टार्जन थारु कपिल्बस्तु,धनराई धनकुटा,देशकुमार राई धनकुटा,शान्ताकुमार राई धनकुटा, बिगेन्द्र राई धनकुटा,एमडी नासिर ईटहरी,मदन मसराङ्गी मगर नवलपुर,गोपाल जैसी कैलाली,अनिल बि.क.पाँथर,हरी बौरा कल्यानपुर,बिशाल लिम्बू लिम्बूखिम धनकुटा,धनबहादुर बि.क.धनकुटा,धनबहादुर बुढा कैलाली,प्रकाश बन्देल जाँजरकोट,हिकमत पुन,भोजबहादुर सिंजाली नवलपुर,भोज आले नवलपुर,मानबहादुर घर्ति,जितबहादुर मसराङ्गी मगर नवलपुर,सुशिलराम कुमाल,देउबहादुर थापा मगर,पूर्ण मसराङ्गी मगर नवलपुर,पितम खड्का,सिबहादुर बुढाथोकी रुकुम,गणेश रोकाया,लालबहादुर मगर नुवाकोट,महेन्द्र बुढाथोकी रुकुम,नरबहादुर बुढाथोकी रुकुम,भक्तबहादुर कटुवाल पाँचथर,मोहन बुढाथोकी रुकुम,ठगेन्द्र ठाडा मगर नवलपुर,होमबहादुर मगर सर्लाही,दिपक मगर नवलपुर,जयबहादुर मगर नवलपुर,ठगेन्द्र बि.क. रोल्पा,सुक्र राई धनकुटा,ईलयसमायाँ सुनसरी,नारेन राई धनकुटा,लालबहादुर लिम्बू सुनसरी,मुनबहादुर राउत जुम्ला,दिपेश उराव सुनसरी,नन्दकिशोर सप्तरी,घनश्याम मगर रौतहट,सहम आलम पर्साईं,दिब बि.क.प्युठान,सुजन कार्की सुनसरी,किसिम चौधरी बाँके,प्रेमसारु मगर नवलपुर,सुक्र राई धनकुटा,मंगलसिंह पुन सल्यान,अशोक कुमार गणेश झापा,सनकुमार राई धनकुटा ।


