नेपाल निर्माण व्यवसायी संघ धनकुटाको अध्यक्षमा राई चयन
धनकुटा, १७ बैशाख । नेपाल निर्माण व्यवसायी संघ धनकुटाको १७ औ वार्षिक साधारण सभा बाट प्रकाश थुलुङ राई अध्यक्षमा चयन हुने भएको छ ।
धनकुटामा सम्पन्न भएको अधिवेशन बाट राई सर्वसम्वत रुपमा अध्यक्षमा चयन हुनु भएको हो । संघका अध्यक्ष अर्जुन केसी उपचारको क्रममा काठमाण्डौ बस्नुपर्ने भएका कारण राजीनामा दिए पछि राई कार्यबाहक अध्यक्ष रहनु भएको थियो ।
साधारण सभाले आर्थिक तथा सांगठनिक प्रतिवेदन पास गरेको संघका महासचिव मनोज राईले जानकारी दिनुभयो । नेपाल निर्माण व्यवसायी महासंघका कोशी प्रदेश अध्यक्ष जनसेवक भण्डारीको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको थियो ।


