नेपाली कांग्रेस प्रदेश सभा ख धनकुटाको क्षेत्रिय सम्मेलन पाख्रीवासमा सम्पन्न

धनकुटा । राजनैतिक,आर्थिक, सांगठानिक प्रतिवेदन र भावी नीति तथा कार्यक्रम पारित गर्दै नेपाली कांग्रेस प्रदेश सभा ख धनकुटाको क्षेत्रिय सम्मेलन पाख्रीवासमा सम्पन्न भएको छ । सम्मेलनबाट पारित भावि कार्यक्रम आगामी दिनमा क्षत्रिय समितीले जेष्ठ नागरिक सम्मान,कार्यकर्तालाइ प्रशिक्षण दिने लगायतका कार्यक्रमहरु रहेका छन् ।

पार्टीका जिल्ला सभापति दिनेश राईको प्रमुख आतिथ्य तथा प्रदेश सभा ख का क्षत्रिय सभापति राजन पौडेलको सभापतित्वमा सम्पन्न सम्मेलनमा बोल्दै जिल्ला सभापति राईले नेपाली कांग्रेसलाई नेपाली जनताले विजयी गराएर सवैभन्दा ठूलो र शक्तिशाली पार्टी बनाएकाले जनतको चाहना अनुसार कांग्रेस रुपान्तरण हुने वताउनु भयो ।

त्यस्तै पूर्व जिल्ला सभापति,पूर्व आमन्त्रिक केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठले परिर्वतनलाई सवैले आत्मसाथ गर्नु पर्ने धारणा राख्नु भयो । सम्मेलनलाई सम्बोधन गर्ने पार्टीका नेताहरुले पार्टीमा पुस्तान्तरण र रुपान्तरण आवश्यक रहेको उल्लेख गरेका छन् । उनिहरुले पार्टीभित्र सैदान्तिक र बैचारिक हिसाबले एक हुँदै देशको आर्थिक उन्नती तर्फ लाग्न आवश्यक रहेको समेत बताएका छन् । जसका लागि गफ मात्र नभई कामले जवाफ दिने गरि पार्टीका नेता कार्यकर्तालाई प्रशिक्षित गराउन पर्ने नेताहरुले बताएका छन् ।

सम्मेलनलाई पार्टीका जिल्ला उपसभापति सुनिल कुमार डंगोल,जिल्ला सचिव विजय सन्तोषी राई,जयन्द्र घिसिङ,महासमिति सदस्य लिला सुब्बा,नेपाली कांग्रेसका नेता कमोठ फागो ,सहसचिव गरिजा प्रसाद दाहाल, क्षेत्र नं १ का सभापति जितेन्द्र राई,पाख्रीवास नगरपालिकाका मेयर ज्ञानु गुरुङ, धनकुटा नगरपालिका सभापति नरेश श्रेष्ठ,पाख्रीवास नगर सभापति प्रेम भण्डारी,महालक्ष्मी नगर सभापति तथा मेयर ध्रुवराज राया,छथर जोरपार्टीका सभापती तथा अध्यक्ष छत्र सुब्बा लगायतले सम्बोधन गरेका थिए । स्वागत मन्तव्य क्षेत्रिय उपसभापति भीम वहादुर खड्काले राख्नुभएको थियो भने सञ्चालन सचिव दिलराज घिसिङले गर्नु भएको थियो ।

सम्मेलनमा महासमिति सदस्य, जिल्ला,क्षेत्र, नगर तथा वडाका पदाधिकारी ले पनि आ-आफ्नो धारणा राखेका थिए । सम्मेलनमा भावी कार्यक्रम क्षेत्रिय सभापती पौडेलले राख्नुभएको थियो भने राजनैतिक तथा सांगठनिक प्रतिवेदन क्षेत्रिय सचिव घिसिङ र आर्थिक प्रतिवेदन कोषाध्यक्ष टंक भट्टराईले प्रस्तुत गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।