किरात राई यायोख्खा पाख्रीवासको नगर अधिवेशनबाट नयाँ कार्य समिति चयन
धनकुटा । किरात राई यायोख्खा पाख्रीवासको तेश्रो नगर अधिवेशनले नयाँ कार्य समिति चयन गरेको छ ।
किरात राई यायोख्खा पाख्रीवास नगर समितिका निर्वतमान अध्यक्ष प्रमिला राईको अध्यक्षता तथा जिल्ला अध्यक्ष उद्धवमणी राईको प्रमुख आतिथ्यमा पाख्रीवासमा सम्पन्न अधिवेशनले ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।
नवगठित समितिको अध्यक्षमा जितेन्द्र माङपाहाङ राई रहनु भएको छ । उपाध्यक्षमा अमृत राई र सचिवमा चकेन्द्र राई रहेका छन् । अन्य सदस्यहरुमा प्रविन राई, शुक्र राई, राजन राई,नगेन्द्र राई, बल बहादुर राई, गजम राई, मणी राई लगायत रहेका छन् ।
समितिमा सह-सचिव र कोषाध्यक्ष पछि थप गर्ने समितिले जनाएको छ ।


