पाख्रीवास र धनकुटा नगरपालिकाको विभिन्न विकासका योजनाको माग गर्दै कोशी प्रदेश मुख्य मन्त्री तथा मुख्य सचिव समक्ष माग पत्र पेश
धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका र धनकुटा नगरपालिकाको विभिन्न विकासका योजनाको माग गर्दै कोशी प्रदेश मुख्य मन्त्री तथा मुख्य सचिव समक्ष माग पत्र पेश गरिएको छ ।
बिहिबार पाख्रीवास नगरपालिकाका प्रमुख र निर्वतमान प्रदेश सांसद कुसुम कुमारी श्रेष्ठको टोलील विराटनगर पुगी माग पत्र पेश गरेका हुन् ।
टोलीले कोशी प्रदेशका उद्योग,कृषि तथा सहकारी मन्त्री भक्ति सिटौला,पर्यटन बन तथा बातारण मन्त्री जीवन आर्चाय,भौतिक पूर्वाधार मन्त्री दुर्गा चापागाई,खानेपानी मन्त्री तिल कुमार मेन्याङबो लिम्बु र प्रदेश मुख्य सचिव दिपक काफ्लेसंग भेट गरी धनकुटा र पाख्रीवास नगरको विकास एवं समृद्धीको लागि माग पत्र बुझाएको हो ।
टोलीले कोशी प्रदेशका मन्त्रिहरु र प्रदेशका मुख्य सचिव काफ्ले संग धनकुटा अस्पताललाई स्तरउन्नती गर्न जग्गा उपलब्ध गराउने प्रक्रिया चाडो बढाउन,निजामती विद्यालयलाई नुमनाको रुपमा संचालन गर्न उद्योग व्यावसायी प्रवद्र्धन गर्न, पाख्रीवास र धनकुटाको विभिन्न योजनाहरुको लागी बजेट बिनियोजन गरि दिन आग्रह गर्दै अनुरोध पत्र बुझाएको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिनु भयो ।
त्यस्तै पाख्रीवासको सडक,खानेपानी,पर्यटन लगायत भौतिक पूर्वाधारको निर्माण गर्न मन्त्री, मुख्य सचिव समक्ष माग पत्र पेश गरिएकोमा उहाँहरुले सक्दो बजोट बिनियोजन गर्ने बताएको पाख्रीवास नगरपालिकाका मेयर ज्ञान वहादुर गुरुगले वताउनु भयो ।
टोलिमा पाख्रीवास निवर्तमान प्रदेश सांसद कुसुम कुमारी श्रेठ,नेपाली कांग्रेसका जिल्ला सचिव तथा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,अर्का सचिव जयन्द्र घिसिङ,नेपाली कांग्रेस पाख्रीवास नगर सभापति प्रेम भण्डारी लगायतको सहभघागिता थियो ।


